कोहलपुर,१३ वैशाख/ आशिर्वाद पेन्ट्स नेपालगन्ज कपकोे उपाधि एनआईसी एसिया दंगाली गोर्खाजले हात पारेको छ । बुधबार भएको फाइनल खेलमा पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजलाई ८ विकेटको विशाल अन्तरले पराजित गर्दै दंगाली गोर्खाजले उपाधि आफ्नो पोल्टामा पारेको हो । उपाधिसँगै दंगाली गोर्खाजले रु १ लाख ११ हजार रुपैयाँसँगै ट्रफी प्राप्त गर्यो भने रोल्पा गोरिल्लाजले उप विजेता बन्दै ६० हजार पुरस्कार प्राप्त गर्यो ।
प्रतियोगिताकै उत्कृष्ट खेलाडी एबरोल टिएमटी लुम्बिनी यात्रिजका बसिर अहमद घोषित भए भने उत्कृष्ट ब्याट्सम्यान पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजका सौरभ खनाल र उत्कृष्ट बलर एनआईसी एसिया दंगाली गोर्खाजका साहिद अन्सारी घोषित भए । यस्तै उदयमान खेलाडी दंगाली गोर्खाजका सदाब अन्सारी, फेयर क्याप्टेन पाल्पा योद्धाजका सिद्धान्त राज शाही, फेयर प्लेयिंग टिम आर्शिवाद पेन्ट्स पाल्पा योद्धाज घोषित भए भने फाइनल खेलको म्यान अफ द म्याच सन्दिप सुनार घोषित भए ।
प्रस्तावित अन्तर्रा्ष्ट्रिय क्रिकेट मैदान कोहलपुरमा सम्पन्न फाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको रोल्पा गोरिल्लाजले १९.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर ८९ रनको योगफल तयार गरेको थियो । अत्यन्त खराब सुरुवात गरेको रोल्पाले पहिलो ८ विकेट ३३ रनको स्कोरमै गुमाउन पुगेको थियो । कप्तान सौरभ खनाल ३, रमेश सिंह १ , आकाश थापा ५, नन्दन यादब १०, समसुद्दिन अन्सारी ४, भिम सार्की ३, वसन्त कार्की ४ रनमा पेभेलियन फर्किएपछि गोरिल्लाज लज्जास्पद योगफलतर्फ अघि बढेको थियो । नवौं विकेटको लागि शेर ओली र रोशन शाहले ३५ रनको साझेदारी गर्दै टिमलाई सम्मानजनक स्कोरतर्फ डो¥याएका थिए ।
शेर बहादुर १४ रन बनाएर आउट भएपछि रोशनले मेराज अन्सारीसंग दशौं विकेटको लागि २१ रनको साझेदारी गरे । अन्तिम विकेटको रुपमा आउट हुनु अघि रोशनले मात्र २४ बलमा १ छक्का र ४ चौका प्रहार गरे भने मिराज अन्सारीले अविजित ७ रन बनाए । रोल्पालाई सस्तोमै समेट्न दंगाली गोर्खाजका स्पिनर अनिल खरेलले ३ विकेट लिए जसको लागि ४ ओभरमा मात्र १६ रन खर्चिए । यस्तै कप्तान सन्दिप सुनारले २ विकेट लिएका थिए । रोल्पा गोरिल्लाजले दिएको ९० रनको लक्ष्य दंगाली गोर्खाजले ८ ओभरमा मात्र २ विकेटको क्षतिमा पुरा गर्यो ।
जितमा दंगालीका कप्तान सन्दिप सुनारले आक्रामक ब्याटिंग गर्दै मात्र २४ बलमा ८ चौका र २ छक्का मदतले ४६ रन बनाए । यस्तै मनोज सुनारले अविजित २४ रन बनाउन १९ बलमा ५ चौका प्रहार गरे । फाइनल खेलका म्यान अफ द म्याच दंगाली गोर्खाजका संदिप सुनार घोषित भए । गत बैशाख ३ गतेदेखि सुरु भएको प्रतियोगितामा ६ वटा पÞ्रmेन्चाइज टिमहरुको सहभागिता रहेको थियो । विजेता तथा उप विजेताहरुलाई संघीय ईकाइ कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक महेश विक्रम शाह, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष आतंक बस्नेत, आर्शिवाद पेन्ट्सका प्रबन्ध निर्देशक दुर्गा प्रसाद चौलागाई लगायतले पुरस्कार वितरण गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्