एभिसी भलिबल : नेपालले आज तुर्कमेनिस्तानसँग खेल्दै



काठमाडौं,१२ वैशाख/   एसियन भलिबल संघ एभिसिले आयोजना गरेको सेन्ट्रल जोन प्रतियोगिताको सेमिफाइनलमा बुधबार नेपालले तुर्कमेनिससँग खेल्दैछ । बेलुकी ५ बजेपछि बंगलादेशको मिरपुरमा हुने खेलमा नेपाल बलियो मानिएको टिम तुर्कमेनिस्तानसँग खेल्न लागेको हो ।

यसअघि भएका दुबै खेलमा नेपाल तुर्कमिनिस्तानसँग पराजित भएको थियो । मंगलबार मिरपुरमा भएको पत्रकार सम्मेलनमा कप्तान इम रानामगरले तुर्कमेनिस्तानविरुद्ध पहिलो संस्करणमा नेपालले लज्जास्पद बेहोरे पनि गएको वर्ष उनीहरुलाई कडा टक्कर दिएकोले यसपटक उनीहरुलाई हराउने लक्ष्य रहेको बताएका छन् ।

नेपालले रिसिभमा सुधार ल्याएमा अघिल्ला पराजयको बदला लिन सकिने कप्तान रानाको भनाई थियो । नेपाल पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो भने दोस्रो खेलमा माल्दिभ्सलाई हराएर सेमिफाइनलमा पुगेको हो ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख १२ गते बुधबार