शिक्षक दिवस मनाइयो



उमेश कुमार थारु : बर्दिया,३० चैत/  बर्दियामा ३९औँ शिक्षक दिवस भव्य कार्यक्रमका साथ मनाइएको छ । गौरवशाली विगत चुनौति पुर्ण वर्तमान गुणस्तरका लागि शिक्षामा सुशासन भन्ने नारा सहित नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति बर्दियाको आयोजनामा बिहिबार ३९औँ शिक्षक दिवस बाँसगढीमा भव्यताका साथ मनाइएको हो ।

दिवसको अबसरमा सेवा निवृत शिक्षक तिलक बहादुर मल्ल, पुर्ण प्रसाद आचार्य, खड्क बहादुर खड्कालाई प्रमाण पत्र र दोसल्ला सहित सम्मान १÷१ जना छात्रा छात्रलाई पनि सम्मान गरिएको छ ।

जसमा छात्रा जय कालिका माबि मुनाल बस्तीबाट ३.७० जिपिए ल्याउने रक्षा थपलिया, र छात्र तर्फ राधाकृष्ण थारु बंगलामुखि मावि गुलरियाबाट ३.९०
जिपिए ल्याउने ईन्द्रबहादुर थारुलाई नगद १ हजार र प्रमाण पत्र दिएर सम्मान गरिएको हो ।

नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति बर्दियाका अध्यक्ष निराजन चापाँगाँईको अध्यक्षमा भएको कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रिय उपाध्यक्ष खुमलाल शर्मा, केन्द्रिय सदस्य अम्बिका चापागाँई, शिक्षक महासँघ केन्द्रिय सदस्य मोतिराम शर्मा, शिक्षक महासँघ जिल्ला अध्यक्ष कृष्णराज शर्मा, ८ ओटै स्थानीय तहका अध्यक्ष लगायत संगठनमा आवद्ध शिक्षकहरुको उपस्थिति रहेको नेपाल राष्ट्रिय शिक्षक संगठन बाँसगढीका अध्यक्ष फणेन्द्र प्रसादढुंगानाले जानकारी दिए ।

सञ्चय कोष निबृति भरण, उपदान, पेन्सन, औषधी उपचार लगायतका मागहरु राख्दै २०३६ साल चैत्र २९ गते मकवानपुरको भुटनदेबी माबि हेटौडाबाट संगठनको स्थापना स्थापना सँगै चैत्र २९ गतेका दिन दिवस मनाउन थालिएको हो ।

-(प्रशिक्षर्थी पत्रकार)

  • No tags available
प्रकाशित मिति : २०७४ चैत ३० गते शुक्रबार