डढेलो नियन्त्रणका लागि तालिम



कोहलपुर,२८ चैत/  गर्मिका बेला सामुदायिक वन तथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा डढेलोको अत्यधिक समस्या हुने हुँदा मध्यवर्ती क्षेत्रका समुदायलाई डढेलो नियन्त्रणका विषयमा सिप सिकाइएको छ ।

डढेलो लाग्नुका कारणहरु र नियन्त्रणका लागि गरिने उपायका विषयमा बाँके राष्ट्रिय निकुञ्जले सामुदायिक वन, मध्यवर्ती समुह तथा समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरणका युवाहरुलाई तालिम दिएको हो ।

कोहलपुर, खड्गवार, भरैया, शक्तिनगर, विकास नगर, मुक्तीनगर, बानियाभार, गाभर, च्यामा लगायत क्षेत्रका सरोकारवालाहरुको सहभागितामा तालिम सम्पन्न गरिएको हो ।

डढेलो नियन्त्रण सम्बन्धी तालिममा बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत लाल बहादुर भण्डारी, रेन्जर अनिल कुमार रामले सहजीकरण गरेका थिए । म

ध्यवर्ती क्षेत्रमा डढेलो नियन्त्रणका लागि सचेतना वृद्धि हुँदै गर्दा विगतका वर्षहरु भन्दा यस वर्ष डढेलो नियन्त्रण भएको निकुञ्जले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत २८ गते बुधबार