कोहलपुर,२६ चैत/ बाँकेको कोेहलपुरमा आगामी बैशाख ३ गतेबाट सुरु हुन गई रहेको ‘नेपालगन्ज कप’ क्रिकेट प्रतियोगितामा सहभागी हुने टिम मालिक र आयोजकबीच साम्झौता गरिएको छ । सोमबार पत्रकार सम्मेलज गरी ६ वटै टिमका मालिकहरुलाई सम्झौता पत्र हस्तान्तरण गरिएको हो ।
गत चैत २० गते भएको अक्सनबाट टिम खरिद गरिएका जीसान बांँके ब्लास्टर, आर्शिवाद पेन्ट्स पाल्पा योद्याज, अर्घखांची सिमेन्टस बर्दिया टाईर्गस, अर्जुन पाण्डेको दंगाली गोर्खाज, पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाज, एयाब्रोल लुम्बिनी यात्रीजका प्रतिनिधिहरुलाई आयोजक ग्रीन ईभेन्टोका प्रबन्ध निर्देशक मोहम्मद रफी एराकीले सम्झौता पत्र हस्तान्तरण गर्नु भएको हो ।
यसैगरी सोही कार्यक्रममा सबै टिमका प्रशिक्षकहरुको नाम समेत सार्वजनिक गरिएको छ । प्रशिक्षकहरुमा जीसान बांँके ब्लास्टरका लागि दुर्गा सेन, अर्घखाची सिमेन्टस बर्दिया टाईर्गसका लागि सन्जु क्षेत्री, अर्जुन पाण्डेको दंगाली गोर्खाजका लागि रुपेश शर्मालाई नियूक्त गरिएको हो ।
त्यस्तै एयाब्रोल लुम्बिनी यात्रीजका लागि दिपेन्द« प्रताप सिंह, आर्शिवाद पेन्टस् पाल्पा योद्याजका लागि ईरफान हुसैन सैयद र पप्पु कनस्ट्रकसन रोल्पा गोरील्लाजका लागि जमिल अहमद अन्सारी नियुक्त हुनु भएको हो ।
प्रतियोगिता आगामी बैशाख ३ गतेदेखि कोहलपुर स्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुनेछ । प्रतियोगिताको विजेताले एक लाख दस हजार तथा उप विजेताले साठी हजार पाउने छन् ।








प्रतिक्रिया दिनुहोस्