नगर विकासमा सिसी क्यामरा जडान गरिने



यानबी साहु : कोहलपुर,२४ चैत/  कोहलपुर नगर विकास समितिको कार्यालयमा सिसी क्यामरा जडान गरिने भएको छ । समितिको शुक्रबार बसेको बोर्ड बंैठकले कार्यालयका गतिविधिको निगरानी गर्न सिसी क्यामरा जडान गर्नेे निर्णय गरेको हो ।

यससँगै बैठकले कार्यालयमा विद्युतीय हाजिर र डिजिटल बोर्ड राख्ने, नगर विकास क्षेत्रभित्रको विद्युतीकरणको डिजाइन तथा लगतका लागि नेपाल विद्युत प्राधिकरणको खातामा पैसा जम्मा गरिदिने, कोहलपुर–११ मा रहेको वधशाला व्यवस्थित गरी निजी क्षेत्रलाई भाडामा दिने, कोहलपुर नगर विकास क्षेत्रभित्र बन्ने नयाँ संरचनाको काम छिटोछरितो र सरल तरिकाले गर्नका लागि प्राविधिक परामर्शदाता (कन्सल्टेन्ट) नियुक्त गर्ने निर्णय गरेको छ ।

यस्तै डुडुवा नालामा बन्न लागेको आधुनिक ‘डे«न’ले वडा नम्बर १२ मा क्षति पु¥याउने भएकाले सो क्षेत्रमा पनि तटबन्ध निर्माण गर्ने, कोहलपुर चौराहदेखि एनटिभी चोकसम्मको सडकबत्ती व्यवस्थाको लागि आवश्यक बजेट छुट्याई तत्काल काम गर्ने, कोहलपुरमा रहेका पत्रकार र साहित्यकारहरुका लागि ज्ञानोदय सामुदायिक पुस्तकालयको माथिल्लो ट्रष्ट थपेर भवनका व्यवस्था गर्ने र सो निर्णय मन्त्रालयको स्वीकृति लिएर गर्ने, नगर विकासको प्रथम
चरण क्षेत्रमा पर्ने नगर विकास गुरुयोजनाअन्तर्गत कोहलपुर माविको पर्खाल र शौचालय निर्माण गरिदिने निर्णयसमेत गरिएको छ ।

कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावत सहितको उपस्थितिमा बसेको बैठकबाट सो निर्णय गरिएको नगर विकास समिति अध्यक्ष अवराज खड्काले जानकारी दिए ।

साथै बैठकले कोहलपुर नगर विकासको सीमा क्षेत्रमा रहेका विभिन्न विवादहरू समाधानका लागि चिन्तामणि धितालको संयोजकत्वमा विवाद समाधान उपसमिति गठन गरेको छ ।

त्यस्तै नगर क्षेत्रभित्र नयाँ घडेरी खोल्नका लागि तुलाराज विष्टको संयोजकत्वमा घडेरी छनोट तथा मूल्याङ्कन उपसमितिसमेत गठन गरेको नगर विकास समिति अध्यक्ष खड्काले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत २४ गते शनिबार