रेडक्रसकर्मीका लागि तथ्यांङ्क व्यवस्थापन तालिम



कोहलपुर,२३ चैत/  विपदको बेलामा उद्दार तथा राहत पु¥यान तथ्याङ्कले अत्यन्तै महत्वपूर्ण भूमिका खेल्ने नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले बताएका छन् ।

नेपाल रेडक्रस सोसाइटीको आयोजनामा बिहीबार नेपालगन्जमा सञ्चालन भइरहेको तथ्यांङ्क व्यवस्थापन तालिमको शुभारम्भ सत्रमा राष्ट्रिय विपद् व्यवस्थापन समितिका सदस्य समेत रहेका सम्झनाले विपद् व्यवस्थापनका विभिन्न गतिविधिहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्न तथ्याङ्कले महत्वपूर्ण भूमिका खेल्ने बताएका हुन् ।

उनले जिल्ला विपद् व्यवस्थापन समितिसंगको सहकार्यमा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको क्षमता विकासका लागि विभिन्न कार्यक्रमहरु संचालन गरि रहेको बताए ।

उनले विगतमा विपद्पछि प्रभावित समुदायको सूचना संकलन गर्न निकै समस्या भएको अनुभव सुनाउँदै आगामी दिनमा स्थानीय तहमा नै तथ्यांक संकलन गर्नसके विपद् प्रतिकार्यका गतिविधिहरु द्रुत र प्रभावकारी रुपमा संचालन गर्न मद्दत पुग्ने दाबी गरे ।

कार्यक्रममा बाँके, बर्दिया, दाङ्ग, कैलाली र दार्चुला जिल्लाका जिल्ला प्रशासन कार्यालय÷जिल्ला विपद व्यवस्थापन समिति, जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका कर्मचारी÷ स्वंयसेवकहरुको सहभागिता रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत २३ गते शुक्रबार