रावन विश्वकर्मा : बर्दिया,१९ चैत/ बर्दियाका सबै स्थानीय तहमा नेपाल शिक्षक महासंघको नयाँ नेतृत्व चयन आइतबार गरिएको छ ।
गुलरियामा भएको नेपाल शिक्षक महासँघ बर्दियाको दोस्रो जिल्ला अधिवेशनद्धारा निर्वाचित जिल्ला तथा स्थानीय तहका पदाधिकारीहरुको घोषणा सभामा बोल्ने वक्ताहरुले जिल्लामा रहेका ८ ओटै स्थानीय तहहरुको शिक्षा नीतिमा एकरुपता हुनु पर्नेमा जोड दिर्दै शिक्षा नीतिको एकरुपताको लागि नवगठित जिल्ला तथा नगरका पदाधिकारीहरुलाई सुझाव समेत दिए ।
उनीहरुले बर्दिया जिल्लालाई शिक्षा क्षेत्रमा कसरी जीवन उपयोगी, गुणस्तरीय र उत्कृष्ठ बनाउने योजना ल्याउनका लागि समेत सुभाव दिए । अधिकार र कर्तव्यका लागि शिक्षक एकता भन्ने नारा सहित भएको अधिवेशनबाट तीन वर्षे कार्यकालका लागि सर्वसम्मत निर्वाचित जिल्ला तथा स्थानीय तहमा चयन भएका पदाधिकारीहरुको नाम घोषणा गरिएको छ ।
अधिवेशनबाट शिक्षक महासँघ बर्दियाको अध्यक्षमा कृष्णराज शर्माको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला समिति गठन गरिएको छ । त्यस्तै बाँसगढी नगरपालिकाको अध्यक्षमा ईश्वरी खनाल, राजापुरमा राजकुमार रेग्मी, मधुवनमा खगेन्द्र प्रसाद खनाल, ठाकुरबाबामा खिललाल चौधरी, बारबर्दियामा ओमराज शर्मा, गुलरियामा दिप बहादुर घर्ती, बहैयातालमा मानबहादुर क्षेत्री र गेरुवा गाँउपालीकामा नारायण प्रसाद पौडेल नगर अध्यक्षमा चयन भएका
छन् ।
घोषणा सभामा चयन भएका जिल्ला तथा स्थानीय पदाधिकारीहरुलाई शिक्षक महासँघका केन्द्रिय सदस्य मोतिराम शर्माले सपथ ग्रहण समेत गराए । शिक्षक महासँघ बर्दियाका अध्यक्ष नवराज ढुंगानाको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति बर्दियाका प्रमुख तथा जिल्ला शिक्षा समिति बर्दियाका अध्यक्ष शंकरप्रसाद थारु, बिशेष अथितिमा शिक्षक महासँघका केन्द्रिय सदस्य मोतिराम शर्मा, अथितिहरुमा एकिकृत शिक्षक संगठनका केन्द्रिय सचिव शुसिला भटराई, नेपाल राष्टिय शिक्षक संगठनका केन्द्रिय सदस्य अम्बिका चापागाँई, शिक्षक सँघका पुर्व उपमहासचिव ज्ञानेन्द्र रावल, जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपाल, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक एसोशियसनका अध्यक्षहरु, महासँघका प्रदेश उपाध्यक्ष, संघिय तथा केन्द्रिय प्रतिनिधीहरुको सहभागिता रहेको नेपाल राष्ट्रिय शिक्षक संगठन बाँसगढीका अध्यक्ष फणेन्द्र प्रसाद ढुगांनाले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्