गोली हानी श्रीमतीको हत्या



नेपालगन्ज,१७ चैत/ बाँकेमा बिहिबार राती एक महिलाको गोली हानी हत्या भएको छ । डुडुवा गाउँपालिका–३ बनकट्टीका ३० वर्षीय सञ्जयकुमार वर्माले २८ वर्षीया श्रीमती शान्तिदेवी वर्माको गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता इन्स्पेक्टर रणबहादुर बिष्टले बिहिबार ११ः३० बजे सञ्जय कुमारले आफ्नै नाममा रहेको बाह्र बोरको बन्दुकले हानेर छोरीसँगै सुतिरहेकी श्रीमतीको हत्या गरेको जानकारी दिए । बिष्टका अनुसार, कोखा र दाहिने हातमा गोली लागेको शान्तिदेवीको घटना स्थलमै मृत्यु भएको थियो ।

प्रहरीले गोली हानी श्रीमतीको हत्या गर्ने सञ्जयकुमारलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार, मानसिक रोगको औषधि सेवन गरिरहेका सञ्जय कुमारले बयानका क्रममा घरमा काम गर्ने नोकरसँग श्रीमतीले लसपस गरेकाले हत्या गरेको बताएका छन् ।

नियन्त्रणमा रहेका सञ्जयकुमारमाथि अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ

  • No tags available
प्रकाशित मिति : २०७४ चैत १७ गते शनिबार