कोहलपुर,१३ चैत/ बाँकेको नेपालगञ्जदेखि कोहलपुरतर्फ ईट्टा बोकेर आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै ज्यान गएको छ ।
आज बिहान करिब ३ः५० बजे नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुर नजिकै कोहलपुर आउँदै गरेको भे १ त ५७६३ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकमै पल्टिदा ट्यााक्टर चालक नेपालगञ्ज–१३ उदयपुर बस्ने अन्दाजी ३२ वर्षका सुरेश चौहानको ज्यान गएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
मृतक चौहानको लास पोष्टमार्टमका लागि नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७४ चैत १३ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्