भारतीय प्रहरीद्वारा नेपाली ट्यांकर चालकमाथि निर्घात् कुटपिट



कैलाली,१२ चैत/ कैलालीको भारतीय सीमानाका गौरीफन्टा–पलिया सडकखन्डमा ‘साइड’ नदिएको भन्दै भारतीय प्रहरीले नेपाली ट्यांकर चालकमाथि निर्घात् कुटपिट गरेका छन् ।

कुटपिटबाट नेपाली ट्यांकर चालक राजकुमार चौधरी गम्भीर घाइते भएका छन ।

पेट्रोलियम पदार्थ लिनका लागि धनगढीबाट भारतको बन्थरा डिपो गइरहेको ना४ख ४१३६ नम्बरको नेपाली ट्यांकरले साइड नदिएको भन्दै आइतबार साँझ चालक चौधरीलाई भारतीय प्रहरीले निर्घात् कुटपिट गरेका जनाइएको छ ।

कुटपिटबाट घाइते भएका चौधरीको अहिले धनगढीस्थित सीपी अस्पतालमा उपचार भइरहेको छ ।

-imagekhabar.com

  • No tags available
प्रकाशित मिति : २०७४ चैत १२ गते सोमबार