बजार प्रवद्र्धन गर्न कृषि उपज सरोकारवालाबीच अन्तरक्रिया



मिसन समाचारदाता, कोहलपुर, चैत ८/ बजार प्रवद्र्धन तथा प्रचार प्रसारका लागि कृषि उपज सरोकारवालाबीच अन्तरक्रिया गोष्ठी बुधबार कोहलपुरमा गरिएको छ । कृषी बजार व्यवस्थापन समितिको कोहलपुुरको आयोजना र साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको सहयोगमा गरिएको अन्तरक्रिया कार्यक्रममा कृर्षी बजार व्यवस्थापन समितिका अध्यक्ष छविलाल भट्टराईले कार्यक्रमको विषयवस्तु बारे प्रकाश पारेका थिए । कृषकहरुले उत्पादन गरेका वस्तुहरुलाई कसरी बजार प्रवद्र्धन गर्न सकिन्छ भनेर गरिएको अन्तरक्रिया कार्यक्रममा साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना (रिजम.एफ पी) बाँकेको मुल्यांकन अधिकृत देवराज भुषाल, रिजम.एफ पी) बर्दियाकी रचना ढकाल रिजम.एफ पी) बाँकेकी पार्वती घिमेरे गंगाराई अन्तरनिहित कृषक समुहका कृषकहरु लगायतको उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत ८ गते बिहीबार