शिक्षामा महिलाहरुको पहुँच सहज रुपमा पु¥याउनु पर्ने



नेपालगञ्ज,२३ फागुन/  महिला शिक्षामा महिलाहरुको पहुँच सहज रुपमा पु¥याउनु पर्ने नेपालगञ्जमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । शिक्षा विकासको ढोका भएकाले महिलाहरुको विकासको लागि सबैभन्दा पहिला शिक्षामा पहुँच पुग्नुपर्ने कार्यक्रमका सहभागीहरुले बताए ।

मंगलबार नेपालगञ्जमा रेष्ट नेपालले गरेको एक कार्यक्रममा बोल्ने सरोकारवाला सहभागीहरुले सबैभन्दा पहिला किशोरीहरुलाई शिक्षा प्रदान गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा.धबल शमसेर राणाले अहिले बेरोजगारका कारण देखिएका विकृतिहरु हटाउन शिक्षा आवश्यक रहेकोमा जोड दिए । लागुपदार्थ सेवन, मानव बेचविखन, वैदेशिक रोजगार समस्याहरु न्यूनीकरण गर्न सबै कहाँ शिक्षाको पहुँच पु¥याउनुपर्ने उनको भनाई रहेको थियो ।

सबैलाई समयाअनुकुल शिक्षा दिन सकिए यस्ता विकृतीहरु आफै न्यूनिकरण भएर जाने नगर प्रमुख राणाले बताए । यस्तै महिला तथा बालबालिका कार्यालय बाँकेकी प्रमुख शोभा शाहले न्यून आय स्तर रहेका किशोरीहरुलाई उच्च शिक्षा दिन सबैले सहयोग गर्नुपर्ने बताइन् ।

संघ संस्थाले किशोरीहरुका नाममा विभिन्न कार्यक्रममा सञ्चालन गरेको भन्दै उनले सबैभन्दा पहिले किशोरीहरुको शिक्षामा जोड दिनुपर्ने आग्रह गरिन् । कार्यक्रममा रेष्ट नेपालका कार्यक्रम प्रवन्धक सविन श्रेष्ठले रेष्ट नेपाले बाँकेका विभिन्न विद्यालयहरुमा सञ्चालन गरिरहेको कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन २३ गते बुधबार