शंखुवासभा समाज कतारको प्रथम साधारणसभा सम्पन्न ।



कतार – रोजगारीको सिलसिलामा कतारमा कार्यरत संखुवासभाबासीहरु एकीकृत हुँदै “संखुवासभालीको पहिचान,बिश्व सामु चिनाउने हाम्रो अभियान ।”भन्ने मुल नाराका साथ संस्थाको पहिलो साधारणसभा सहित बृहत बनभोज २ फेब्रुअरी शुक्रबारका दिन वक्रा स्थिति फेमिली पार्कमा लोक बहादुर राई को सभापतित्वमा सम्पन्न भएको छ ।

उक्त प्रथम साधारणसभा बाट अध्यक्ष लोक बहादुर राई को नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति समेत चयन भएको छ । जस्मा प्रथम उपाध्यक्ष खगेन्द्र कार्की,उपाध्यक्ष द्रोण कार्की महासचिव निरन नेपाल सचिब शिव प्रसाद दहाल सचिब बिष्णु श्रेष्ठ कोषध्याक्ष पदम तामाङ सह-कोषध्याक्ष ज्ञानु राई सदस्यहरुमा ऋषि ढकाल, शंकरमान राई,राम कुमार ठटाल,शिव खत्री, राजकुमार सुबेदि,युवराज कालाखेती,नबराज पौडेल चयन भएका छन् ।

एनआरएनए एनसीसी कतारका अध्यक्ष नवीन पोख्रेलको प्रमुख आतिथ्यमा समाजसेवी सागर नेपाल संस्थाका प्रमुख सल्लाहकार नरेश श्रेष्ठ, पत्रकार नबराज बि.क विशेष उपस्थिति रहेको थियो । शुभकामनाको क्रममा बक्ताहरुले समाजले गरेका कार्यक्रमहरु प्रसंशा गर्दै सामाजिक रूपमा अगामी दिनहरूमा अझ बढी प्रगतिको कामना सहित देश तथा बिदेशमा नया आयम थप्न सकोस् भन्दै शुभकामना दिएका थिए ।

कार्यक्रममा अन्य उपस्थितमा जिल्ला संघ संस्थाहरुको तर्फबाट सुनसरी सिर्जनशील परिवार उपाध्यक्ष प्रदिप राई, ओखलढुङ्गा सेवा समाजबाट अशोक तामाङ्ग, मोसुका प्रतिनिधि लिलानाथ घिमिरेको सहित एनआरएनएएनसीसी कतारका सदस्यहरु अरुण के.सी.,रामकुमार मण्डल,नारायण बिष्ट,बुद्ध पाण्डे, नरेश प्रशाद जैशी सस्थाका सल्लाहकारहरु प्रशुराम दहाल,मान बहादुर तामाङ,सुबर्ण कुबेर श्रेष्ठ,गणेश महतरा,खेमराज भट्टराई,केशरसिंह गुरुङ,गणेश लिम्बु लगायत को उपस्थित रहनुभएको थियो ।

औपचारिक कार्यक्रमको शुरुवात दीप प्रज्वलन सहित ब्यानर अनवरण सगै रास्ट्रिय गान बाट शुरु गरिएको थियो ।
अतिथिहरु लाई स्वागत मन्तव्य सहित संखुवासभाको चिनारी खगेन्द्र कार्कीले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा संस्थामा महत्त्वपूर्ण योगदान दिएबापत समाजसेवी सागर नेपाल लाइ मानार्थ सदस्य सहित खादा तथा दोसल्ला द्वारा सम्मान गरिएको थियो तेस्तै सम्मानित हुनेमा प्रमुख सल्लाहकार नरेश श्रेष्ठ र समाजसेवी रामजी खत्री रहनुभएको थियो ।

कार्यक्रमको संचालन महासचिव द्रोण कार्की ले गर्नुभएको थियो भने कलाकारहरुले गीत गजल तथा नृत्य लगायतका प्रस्तुति समेत दिएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन २० गते आइतबार