पुरुष खुल्ला भलिवल प्रतियोगिता सम्पन्न



कोहलपुर,२० फागुन/   बाँकेको नेपालगञ्जस्थित अखिल नेपाल ट्रेड युनियन महासंघ बाँकेको आयोजनामा पुरुष खुल्ला भलिवल प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार देखि सुरु भएको प्रतियोगितामा होलिल्याण्ड कलेज नेपालगन्ज प्रथम, सिम्ताली युवा क्लब सुर्खेत द्वितीय र ज्थ्ँऋ युवा क्लब तृतीय भएका छन् ।

उक्त प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय स्थान हासिल गर्ने टिमलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्रादान गरिएको आयोजकले जनाएको छ । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडि सिम्ताली यूवा क्लब सुर्खेतका लतिल विक घोषित भएका थिए ।

उक्त प्रतियोगितामा मोर्डन युवा क्लब सुर्खेत, सिम्ताली युवा क्लब सुर्खेत, भेरी प्राविधिक शिक्षालय, हिमालयन न्युज युवा क्लब, बाजुरा युवा क्लब, रुक्मेली युवा क्लब, ज्थ्ँऋ युवा क्लब, वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर, होलिल्याण्ड कलेज नेपालगन्ज, रोयल स्टार युवा कलेज, यवा जागरण टिम, स्थानिय क्लब र आयोजक क्लिबका २ वटा गरी  १४ वटा सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन २० गते आइतबार