छुट्टा छुट्टै दुर्घटनामा एकको मृत्यु, एक घाइते



मिसनसंवादाता :  बर्दिया,१९ फागुन/  बर्दियामा शनिबार भएका अलग अलग दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।
प्रहरीका अनुसार बर्दियाको बढैयाताल गाउँपालिकावडा नम्बर ६ मैनापोखरबाट पराल लिएर बाँसगढीतर्फ जाँदै गरेको डल्लव दुर्घटना हुँदा बाँसगढी नगरपालिका वडा नं.४ का ५४ वर्षिय जगतराम थारुको मृत्यु भएको प्रहरीले जनाएको छ । डल्लवमा ३ जना रहेका थिए ।

तिमध्ये डल्लव पल्टिदा पछाडिको भागले च्यापिएका गम्भिर घाइते भएका थारुको स्थानियवासी र प्रहरीले उद्धार गरी नेपालगञ्ज लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । डल्लवमा रहेका अन्य दुई जनालाई कुनै चोटपटक लागेको छैन ।

दुर्घटना स्थलमा कल्भड रहेको सो पार गर्ने क्रममा ओभर लोडका कारण पछाडि पल्टिएको थियो । यसैगरी गुलरिया राजापुर सडकखण्ड अन्तर्गत मधुबन नगरपालिका वडा नं.३ र ४ को सीमानामा पर्ने बनसेफटी जगलमा बस दुर्घटना हुँदा चालक गम्भिर घाइते भएका छन् ।

गुलरियाबाट नम्वर लिन राजापुरतर्फ जाँदै गरेको ना ५ ख ९३५१ नम्बरको बस दुर्घटना हुँदा गम्भिर घाइते चालकको थप उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन १९ गते शनिबार