बैतडी,१९ फागुन/ चितुवा प्रभावित बैतडीको तल्लो सोराडमा भिरबाट लडेर एक बालिकाको ज्यान गएको छ ।
ज्यान जानेमा मेलौली नगरपालिका –८, बिसालपूरकी १३ वर्षीया सरस्वती बिक रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । तीन चार जनाको समूहमा रहेका बालिकाहरु चितुवा देखेर भागेको र भाग्ने क्रममा सरस्वतीको ज्यान गएको मेलौली –९, का वडा अध्यक्ष नारद भट्टले बताउनुभयो ।
स्थानीय शिक्षक निलकण्ठ भट्टका अनुसार चितुवाले लखेट्दा अरुणा भिरमा खसेर घाइते भएकी बिकलाई उपचारका लागि उपक्षेत्रीय अस्पताल डडेलधुरा लैजाँदै गर्र्दा बाटोमै ज्यान गएको हो ।
जिल्लाको तल्लो सोराड क्षेत्रमा यसअघि फागुन १६ गते पनि घरभित्र सुतिरहेको बालकलाई चितुवाले घाइते बनाएको थियो । ५ वर्षको अवधिमा मात्रै बैतडिको तल्लो सोराड क्षेत्रमा चितुवाको आक्रमणबाट २३ जना ले ज्यान गुमाइसकेका छन् ।
प्रकाशित मिति : २०७४ फागुन १९ गते शनिबार









प्रतिक्रिया दिनुहोस्