कोहलपुर नगरपालिकाद्वारा नगर क्षेत्रका होडिङ्ग बोर्ड हटाउन शुरु



कविन्द्र परियार : कोहलपुर,१६ फागुन/  बाँकेको कोहलपुर नगरपालिकाले नगर भित्र अनुमती बिना राखिएका रहेका होडिङ्ग बोर्डहरु मंगलबार देखी हटाउन शुरु गरेको छ ।

नगरपालिकामा राजश्व तिरेर अनुमती लिएर मात्र होडिङ्ग बोड राख्नपाउर्ने प्रावधान भएपनि अधिंकाश होडिङ्ग बोडहरु नगरपालिकाबाट अनुमती नलिई राखिएका कारण हटाउन परेको कोहलपुर नगरपालिका आर्थिक विकास समितिका संयोजक डिल बहादुर परियारले बताए ।

अनुमती लिएर होडिङ्ग बोडहरु राख्न सुचना प्रकाशित गरेको थियौं तर सो समय अवधि भित्र कोही पनि व्यक्ति तथा संस्थाहरु सम्पर्कमा नआएका कारण डोजर लाएर होडिङ्ग बोडहरु हटाएका हौ ।

संयोजक परियारले भने। सोमबार मात्र चौराह बसपार्क तथा दश विगाह क्षेत्रमा रहेका करिब ३० वटा होडिङ्ग बोडहरु हटाएको छ । कोहलपुरको चौराह क्षेत्रमा रहेका अग्निसिमेन्ट,बाँके राष्ट्रिय निकुञ्ज,गाभरभ्याली होमस्टे, साथी संस्था लगायतका होडिङ्ग बोडहरु हटाईएको छ ।

अव्यस्थित रुपमा रहेका होडिङ्ग बोडहरु हटाउँदा नगर समेत सुन्दर देखिएको र राजश्व छली गर्नेहरु करको दायरामा आउने कार्यपालिका सदस्य तथा कोहलपुर नगर सरकारका विधान समितिका संयोजक भिम बहादुर नेपालीले बताए ।

यसै बिच सोमबार नै कार्यपालिका सदस्यहरुको अनुगमन टोलीले कोहलपुरका दशविगाह,तथा बसपार्क क्षेत्रमा खुलेआम विक्रि वितरणका लागी राखिएका करिब १० पोका सुर्तिजन्य पदार्थ जफत गरिएको कार्यापालिका सदस्य कल्पना शर्मा अधिकारीले बताइन । जफत गरिएका सुर्तिजन्य पदार्थ प्रहरी मुचुल्का गरी नष्ट गरिएको समेत उनले बताइन ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन १६ गते बुधबार