२८ हजार घुससहित फार्मेसी निरीक्षक नेपालगञ्जबाट अख्तियारको फन्दामा



नेपालगन्ज/   नेपालगन्जको चिकन ६५ रेस्टुरेन्टबाट घुस लिदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय कोहलपुरले औषधी ब्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका फार्मेसी निरीक्षकलाई नियन्त्रणमा लिएको छ ।
औषधी ब्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका फार्मेसी निरिक्षक पुष्प राना क्षेत्रीलाई घुस लिदै गरेको अवस्थामा रंगेहात अख्तियार कोहलपुरको टोलीले सोमबार साझ ७ बजे रेस्टुरेन्टबाट पक्राउ गरेको हो ।

रेष्टुरेन्टमा बोलाएर सेवाग्राहीबाट लिएको २८ हजार नगद रुपैया र सुकुटी माछा सहित पक्राउ गरिएको आयोगको कार्यालय कोहलपुरले जनाएको छ ।

अख्तियारका अनुसार क्षेत्रीले मेडिकलसँग अबैध रुपमा रकम माग्ने गरेको भन्ने उजुरीको आधारमा अनुसन्धान गरेको बताएको छ । अहिले क्षेत्री थप अनुसन्धानका लागी अख्तियारको नियन्त्रणमा छन ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन १५ गते मंगलबार