29 April 2024  |   सोमवार, बैशाख १७, २०८१

निकै दुखद खबर : यात्रुवाहक जहाज जाग्रोस हिमालमा दुर्घटना, चालक सहित ६६ जनाको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन ७, २०७४  

एजेन्सी, इरानको एउटा यात्रुवाहक जहाज त्यहाँको जाग्रोस हिमालमा दुर्घटना हुँदा त्यसमा यात्रु गरिरहेका सबै ६६ जनाको मृत्युभएको छ । इरानी संचारमाध्यमहरुका अनुसार, छोटो दुरीमा उडान भर्ने एटीआर–७२ राजधानी तेहरानबाट इसफाहन प्रदेशतर्फ उडान भरिरहेको थियो । जहाजमा ६० जना यात्रु र ६ जना चालक दलका सदस्य थिए ।
इरानको फार्स समाचार एजेन्सीलाई देशको ईमजेन्सी सेवाका प्रमुख पिर होसियन कोलिमाण्डले जहाज सेमिरोम क्षेत्रमा दुर्घटना भएको बताए । दुर्घटनास्थल राजधानीबाट ३ सय माइल दक्षिणमा पर्छ ।
‘दुर्घटनाग्रस्त क्षेत्र हिमाली इलाकामा पर्ने भएकाले त्यहाँको वास्तविक सबै अवस्था बुझ्न सकिएको छैन । एम्बुलेन्ससमेत पठाउन सकिएको छैन’ नेशनल ईमजेन्सी सर्भिसका प्रबक्ता मोजतावा खालेदीले भने । दुघंटना हुँदा त्यहाँ बाक्लो हुस्सु लागेको थियो ।
राजधानी तेहरान र दक्षिण पश्चिमी शहर यासुजबिच उडानमा रहेको विमान दुर्घटना भएको हो । यात्रु र चालक दलका सदस्यको स्थिति थाहा हुन सकेको छैन । मौसम खराब भएका कारण उद्धारका लागि हेलिकप्टर दुर्घटनास्थलमा पुग्न नसकेको बीबीसीले जनाएको छ । rastiyakhbar

प्रकाशित मितिः सोमवार, फाल्गुन ७, २०७४     12:44:33 PM  |