कोहलपुर महोत्सवमा रामजीसँगै झुमे दर्शक



कोहलपुर,४ फागुन/  कोहलपुर उद्योग वाणिज्य संघको आयोजनामा जारी कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव २०७४ को शुक्रबार नेपालका चर्चित गायक रामजी खाँडले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिए ।

गायक रामजी खाँडले “मन परेको मान्छेका नाम दिलमा राखिन्छ” गीतबाट सुरु गरी दर्शकहरुलाई नचाएकी थिए । साथै उनले अमिलो रसैले सानु, फुल फुलेर पहेलै भयो, झम्के मायाले, छलछल पानी गाग्रीमा, हावा चल्यो सरर लगायत गीतहरु गाएर दर्शकहरुलाई मनोरञ्जन दिएका थिए ।

त्यस्तै गायिका प्रिति आलेले “पसिना आए छन् निधारै मै तिम्रो, तिम्रो बेहुलिलाई, मन परेको जुता पो जुता, हेन भने ठिकै छ खालि खुट्टा” लगायतका गीतहरु गाएर दर्शकहरुलाई नचाएकी थिइन् ।

त्यस्तै नेपालीकी नव गायिका रेशमा पुनले “म पहाडको मायाले गुरास फुलेको, तिम्रो आँखाको” लगायत गीतहरु गाएकी थिईन् । शुक्रबार करिब १५ हजार दर्शकहरुले अवलोकन गरेको महोत्सव मुल समारोह समितिका सदस्य सचिव तेज प्रसाद अधिकारीले जनाएका छन् ।

महोत्सवमा भोलि शनिबार राष्ट्रिय कलाकार नेपालका चर्चित गायक बद्री पंगेनी, हेमन्त शर्मा, हाँस्यकलाकार रमेश दुवाल, गायिका सपना शाही लगायतको प्रस्तुति रहने आयोजकले जनाएका छन् ।

यस्तै कोहलपुरमा रहेको त्रिभुवन नमूना माध्यामिक विद्यालयकी छात्रा गरिमा रोकायलाई कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव २०७४ का मुख्य प्रायोजक शिखर गु्रप अफ इण्डस्ट्रीजका संचालक चम्पालाल बोथराले चारपाङ्गे साईलक र शिखर ब्राण्डको चाँदीको सिक्का हस्तान्तरण गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन ४ गते शुक्रबार