‘राजापुर महोत्सव–२०७४’ आजबाट सुरु



बर्दिया,०१ फागुन/   “कृषि पर्यटन उद्योग व्यापार राजापुर क्षेत्रको विकासको लागि मूल आधार”भन्ने नारा रहेको कृषि पर्यटन व्यापार तथा राजापुर महोत्सव २०७४ मंगलबारबाट सुरु भएको छ ।

२९ गते सोमबार बाट सुरु हुने भनिएको महोत्सब मौसम खराबीको कारण मंगलबारबाट सुरु भएको हो ।

आयोजक बर्दिया उद्योग वाणिज्य संघ राजापुरको आयोजनामा सुरु भएको महोत्सवलाई सफल बनाउन उद्घाटनका दिन बजार समेत बन्द गराइएको छ मंगलबार महाशिवरात्रीको दिन बाहिरबाट आउने पर्यटकहरुले बजार बन्द हुँदा किन मेल गर्न केही समस्या हुने भए पनि महोत्सवमा बढी भन्दा बढी मानिसहरुको सहभागिता गराउन त्यसो गरिएको आयोजकले जनाएको छ ।

महोत्सव माघ २९ गतेदेखि फागुन ९ गते सम्म संचालन हुने भनिएको भए पनि २९ गते पानी परेका कारण माघ १ गते मंगलबारबाट शुर गरिएको हो । महोत्सवको उद्घाटन पुर्व पशुपक्षी मन्त्री तथा बर्दिया २ को प्रतिनिधी सभा सदस्य सन्त कुमार थारुले गरेका हुन ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन १ गते मंगलबार