कोहलपुर,२९ माघ/ बि.आई.ए को आयोजनामा आगामी मार्च ४ मा काठमाण्डांैमा हुने राष्ट्रिय ह्वीलचियर प्रतियोगितामा बाँकेबाट सहभागी हुने खेलाडी मंगलबार कोहलपुरमा छनौट गरिएको छ ।
कोहलपुरको गोलपार्क बाट होटल सेन्टर प्लाजा सम्म ह्वीलचियर दौड प्रतियोगिता गराइएको थियो । प्रतियोगितको कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले रिबन काटेर खेलको उद्घाटन गरेका थिए ।
प्रतियोगितामा कमल बहादुर क्षेत्री प्रथम तेज बहादुर राना द्धितीय र दिपक दराई तृतीय भएका थिए । अपाङ्ग स्वालम्वन केन्द्र बाँकेको आयोजनामा संञ्चालन गरिएको प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ३ हजार द्धितीय हुनेलाई रु २ हजार र तृतीय हुनेलाई रु १ हजार प्रदान गरिएको थियो ।
पुरस्कार वितरण गर्दै कोहलपुर नगरपालिका प्रमुख रावतले अपाङ्ग भएर पनि सपाङ्ग सरह उत्कृष्ट खेल प्रर्दशन गर्नु निकै राम्रो काम भएको बाताए ।
प्रतियोगितामा बाँके जिल्लाका बैजापुर,कोहलपुर, चिसापानी शम्शेरगंज लगायतका क्षेत्रबाट गरी ९ जना अपाङ्गता भएका खेलाडीहरुको सहभागीता रहेको अपाङ्ग स्वालम्वन केन्द्र बाँकेका जंग बहादुर डाँगीले जनाकारी दिए ।









प्रतिक्रिया दिनुहोस्