गोरखा यूनाइटेडको अभिभाक तथा सातौं वार्षिक खेलकुद दिवस सम्पन्न



कोहलपुर,२८ माघ/  कोहलपुर नगरपलिका–२ मा रहेको गोरखा युनाइटेड माविले अभिभावक तथा सातौं खेलकुद दिवस शनिबार सम्पन्न गरेको छ ।

विद्यालयका संस्थापन अध्यक्ष केशर बहादुर आलेले उदघाटन गरेको शनिबारको कार्यक्रममा विद्यालयका पहेलो, रातो,निलो र हरियो गरी
चार सदनले मार्चपास गरेका थिए ।

मार्चपासमा पहेलो टिम प्रथम भएको छ । त्यस्तै चारवटै सदनले सहभागिता जनाएको पिटी तथा ड्रिलमा रातो सदन प्रथम भएको छ ।
अभिभावकहरुका बीचमा समेत रमाइलो खेलहरु गराइएको थियो ।

अभिभावकहरमा महिला र पुरुषको भलिबल ,पुरुषको फुटबल, महिलाको म्युजियम चियर, महिलाको बेलुन फुटाउने , खुल्ला चित्रकला स्लो डान्स आदि खेलाइएको थियो ।

त्यस्तै ‘संस्थापक फुटबलकप’ प्रतियोगिता समेत भएको थियो । विद्यालयमा खेलाइएका खेलहरुमा प्राप्त अङ्कका आधारमा हरियो सदन प्रथम भएर रु १० हजार तथा निलो सदन दोश्रो भएर रु ६ हजार नगद पुरस्कार समेत प्राप्त गर्न सफल भएका थिए ।

त्यस्तै विद्यार्थी कल्यान कोषको लागि भाग्योदय चिठ्ठा समेत खेलाइएको थियो । चिठ्ठमा प्रथम हुनेलाई ट्याप, दोस्रोलाई सामसुङ मोबाइल, तेस्रोलाई वाटर डिस्टेञ्चर र सान्त्वनालाई पेनड्राइभ, हटकेस, भित्तेघडि र ककसेट दिइएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २८ गते आइतबार