कविन्द्र परियार : कोहलपुर २७ माघ/ कोहलपुरमा संचालित कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सवमा शनिबार स्वरुपराज आचार्य र कमल खत्रीले दर्शक एवं श्रोताहरुलाई भरपुर मनोरञ्जन गराएका थिए ।
स्थानीय कलाकारहरुको प्रस्तुति पश्चात मञ्चमा पुगेका कमल खत्रीले दर्शकहरुलाई भरपुर मनोरञ्जन लिाएका थिए । शनिबार नै युवा पू्स्ताका पपगायक कमल खत्रीले समेत बेजोड प्रस्तुति देखाए ।
उने युवा पुस्ताले रुचाएका जाउला रेलैमा,रात बित्यो, सूस्तरी, आत्मामा लगायतका गीतहरु प्रस्तुत गर्दा थुपै युवा यूवतीहरु उफ्रिदै मेला स्थल नै तताएका थिए । त्यस्तै सुगम सगितका चर्चित गायक स्वरुपराज आचायले समेत दास्रो दिनको महोत्सवमा दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरे ।
प्रस्तुति लगत्तै मञ्चमा पुगेका स्वरुपराज आचार्यले दर्शक एवं श्रोताहरुलाई भावुक र रोमाण्टीक बनाएका थिए । स्वरुप पश्चात मञ्चमा पुगेकी पछिल्लो समयकी चर्चित हट गायिकाको रुपमा चिनिएकी सरस्वती लामाले शुरुमै उत्तेजि ¥याप शुरु गरेकी थिइन ।
मेलाको दास्रो दिन गायिका सरस्वती लामाले काले दाई बोल्को गित प्रस्तुत गर्दै शरिरका लुगा फुकाल्न थाले पछि हंगामा मच्चिएको थियो । भिड नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज समेत गर्नु परेको थियो ।
मेलाको वातावरण नै असहज हुन थाले पछि प्रहरीले सरस्वतीलाई प्रस्तुति रोक्न अनुरोध गर्दै स्टेजबाट फिर्ता बोलाएको थियो । उनले यि आखाँमा तिमी छौ,ति नशालु आखाँले मा¥र्यौ,सोल्टीनी लगायतका गितहरु प्रस्तुत गरे ।
दर्शकहरुकै छेउमा पुगेर उनले गीतहरु गाउँदा उनीहरु निकै खुसी देखिएका थिए । त्यस्तै गायिका तथा कार्यक्रम संञ्चालिका उमादेवी खनालले समेत निकै रोचक गीतहरु प्रस्तुत गरेकी थिईन ।
भने नायिका केकी अधिकारी समेत महोत्सवमा उपस्थित भईन महोत्सवको दोस्रो दिन बागिना कलाकेन्द्र कोहलपुरका कलाकारहरुले पनि विविध मारुनी,झ्याउरे, टप्पा,लगायतका प्रस्तुतीहरु प्रस्तुत गर्नका साथै थुप्रै स्थानीय कलाकारहरुले थुप्रै सांगितिक प्रस्तुतीहरु देखाएका थिए ।
महोत्सवमा आज आइतबार चर्चित लोक दोहोरी गायक खुमन अधिकारी,चर्चित गायिका सम्झना भण्डारी तथा चर्चित नृत्यंगना आरुषी मगर लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जानकारी दिएका छन ।









प्रतिक्रिया दिनुहोस्