काठमाडौं,२६ माघ/ नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने भएको छ ।
बिहान ९ बजेका लागि प्रधानमन्त्री निवास, बालुवाटारमा बैठक बोलाइएको र बैठकमा प्रदेशसभा गठन र सञ्चालनसम्बन्धि विधान पारित हुने कांग्रेसले जनाएको छ ।
बैठकमा नेता डाक्टर मिनेन्द्र रिजालले विधानको मस्यौदा प्रस्तुत गर्ने र त्यसमा छलफल गरी पारित गर्ने तयारी रहेको कांग्रेस नेताहरुले बताएका छन् ।
यस्तै बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको राजिनामा, नयाँ सरकार गठन, प्रतिनिधिसभाका समानुपातिकतर्फबाट चुनिने सांसदहरुको नाम टुंगो लगाउने विषयमा पनि छलफल हुने बताइएको छ ।
प्रकाशित मिति : २०७४ माघ २६ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्