बंगलादेशकी पूर्वप्रधानमन्त्री जियालाई पाँच वर्षको जेल सजाय



काठमाडौं,२५ माघ/ बंगलादेशका विपक्षी दलका नेता बेगम खालिदा जियालाई भ्रष्टाचारको अभियोगमा पाँच वर्षको जेल सजाय सुनाइएको छ ।

बंगलादेशको ढाकास्थित एक अदालतले बिहीबार उनलाई पाँच वर्षको जेल सजाय तोकेको हो ।

७२ वर्षीया जियाले बंगलादेशको बालबालिकाको संस्थाको रकम हिनामिना गरी भ्रष्टाचार गरेको ठहर अदालतले गरेको छ ।

अदालतको यो निर्णयमा नेता जियाले भने आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको प्रतिक्रिया दिएकी छन् ।

सुनुवाइकाक्रममा अदालत परिसरमा भेला भएका उनका समर्थकहरुले अदालतको निर्णयविरुद्व प्रदर्शन गरेपछि सुरक्षाकर्मीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ । (एजेन्सी)

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २५ गते बिहीबार