बाँसगढी,२४ माघ/ बर्दियाको बाँसगढीमा जर्मन प्रतिनिधि मण्डलका सदस्यसँग नगर सहयोग सम्बन्धी अन्तरक्रिया गरिएको छ ।
जर्मन सरकारले बाँसगढी नगरपालिका नागरिकहरुको क्षमता विकासमा गरेको सहयोगमा बारेमा अनुगमन तथा भेटघाटको लागि मंगलबार बाँसगढीमा आएका जर्मन प्रतिनिधि मण्डलका सदस्य जर्मन दुतावासका बैदेशिक सहयोग विभाग प्रमुख श्रीमती ग्वावडीया हिंपे र उपप्रमुख श्री फ्लोरियन्स फोग्त्तसँग बाँसगढी नगरकार्यपालिकाका सदस्य, विषयगत शाखाका प्रमुखहरुले अन्तरक्रिया गरेका छन् ।
कार्यक्रममा बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेलले जर्मन सरकारले बाँसगढी नगरपालिकाको विकासको लागि गरेका काम, उपलब्धि र चुनौतीका विषयमा प्रष्ट पारेका थिए ।
कार्यक्रममा बोल्दै जर्मन प्रतिनिधि मण्डलका सदस्य जर्मन दुतावासका बैदेशिक सहयोग बिभाग प्रमुख श्रीमती ग्वावडीया हिंपेले जर्मन सरकारले गरेको सहयोग निरन्तर रहिरहने प्रतिवद्धता जनाइन् ।
उनले बाँसगढी नगरपालिकाले हरेक चुनौतिका बीचमा पनि अतुलनिय काम गरेको र आगामी दिनमा पनि सफलताको शुभकामना दिइन् । नगरपालिकाका सूचना अधिकारी शेरबहादुर केसीले सञ्चालन गरेको कार्यक्रममा बाँसगढीका स्वास्थ्य संयोजक सुरेश कुमार रेग्मी, बाँसगढी शिक्षा शाखा प्रमुख निलकण्ठ रेग्मी, ९ ओटै वडाका वडा अध्यक्ष, नगर कार्यपालिकाका सदस्य लगायतको सहभागीता रहेको थियो









प्रतिक्रिया दिनुहोस्