८ पुस, काठमाडौं । यो वर्ष मानव तस्करहरुको माध्यमबाट युरोप जाने आप्रवासीहरुको सङ्ख्यामा देखिएको अभूतपूर्व वृद्धिको कारण सिरियामा भएको युद्ध मात्र नभई नेपालमा वैशाख महिनामा आएको विनाशकारी भूकम्प पनि रहेको संयुक्त राष्ट्र संघको एक निकायले बताएको छ ।
अन्तराष्ट्रिय आप्रवासन संस्था (आइओएम) का प्रमुख विलियम स्विङ्गले रोयटर्सलाई दिएको अन्तरवार्तामा सिरियामा भइरहेको यद्ध, इबोलाको महामारी, पश्चिमी अफ्रिकामा बिको हरमको गतिविधि, नेपालमा आएको भूकम्प, लिबियामा जारी द्वन्द्व र यमन, दक्षिणी सुडान, मध्य अफ्रिकी गणतन्त्र, अफगानिस्तान र इराकमा देखिएको सम्स्याका कारण युरोपमा पहिले कहिल्यै नदेखिएको स्तरको आप्रवासी सम्स्या देखिएको बताएका छन् ।
स्विङ्का अनुसार गत वर्ष मात्रै मानव तस्करहरुले युरोप पठाए बापत् एक अर्ब अमेरिकी डलर कमाई सकेका छन् । युरोपमा यो वर्ष १० लाख आप्रवासीले प्रवेश गरेका छन् । तर कति जना नेपाली त्यसरी युरोप गएका छन् भन्ने यकिन तथ्याङ्क उपलब्ध छैन ।]
प्रकाशित मिति : २०७२ पुस ८ गते बुधबार
प्रतिक्रिया दिनुहोस्