नेपालगञ्ज,१९ माघ/ नेपालगञ्जमा जारी प्रादेशिक महोत्सवमा हरेक दिन राष्ट्रिय कलाकारहरुले विभिन्न साँस्कृतिक प्रस्तुती प्रस्तुत गरिरहेका छन् । देशमै पहिलोपटक सञ्चालन गरिएको प्रादेशिक महोत्सवमा ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुसँगै स्थानीय कलाकारहरुको प्रस्तुतीले माहोल झनै रौनक बढेको छ ।
यसैबिच महोत्सवको आठौं दिन बिहिबार चर्चित गायक गायिकाहरुले बाँकेवासीलाई नचाएका छन् । युवा पुस्ताका लोकप्रिय लोकदोहोरी गायक रामजी खाँडले ‘झिमझिम गर्ने परेलीमा धेरै गाजल नलगाउ, हल्काहल्का लाएको दामी देखिन्छ’ गित गाउँदा दर्शकहरुले नाचेर धुलो उडाएका थिए । खाँडले आप्mना आधादर्जन बढि गितहरु प्स्किएका थिए ।
त्यसैगरी अर्का चर्चित गायक तथा संगितकार अल्मोडा राना उप्रेतीले पनि हजारौं युवायुवतीहरुलाई नाच्न बाध्य पारेका थिए । पहिलो पटक महोत्सवमा आएका अल्मोडालाई हेर्नकै लागि जिल्लाका विभिन्न क्षेत्रबाट हजारौं युवायुवतीह्रु महोत्सवमा आएको थिए ।
महोत्सवमा राष्ट्रिय गायिकाहरु सम्झना भण्डारी र अमृता लिम्बुले समेत बेजोड प्रस्तुती दिनुका साथै स्थानीय कलाकारहरुको प्रस्तुती हेर्न चाख लाग्दो थियो ।यसैबिच महोत्सवमा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको डान्स प्रतियोगिता सञ्चालन गरिएको साँस्कृतीक समितिका संयोजक श्याम सुन्दर अधिकारीले बताए । प्रतियोगिताकै अवसरमा १ लाख नगद राशीको सामुहिक तथा एकल नृत्य प्रतियोगिता आयोजना गरिएको हो । महोत्सवमा यति ठुलो पुरस्कार राशीको नृत्य प्रतियोगिता आयोजना गरिएको यो पहिलो पटक हो ।
प्रतियोगितामा जिल्लाका विभिन्न कलेजहरुमा अध्ययनरत १२ जना प्रतियोगीले सहभागिता जनाएका छन । नेपालगन्जस्थित राही मार्ट सप्लायर्सको मुख्य प्रयोजनमा सञ्चालन भइरहेको उक्त प्रतियोगिताको बिजेतालाई १ लाख नगद पुरस्कार प्रदान गरिने छ ।
महोत्सवको नवौं दिन आज चर्चित हाँस्य कलाकार राजा राजेन्द्र पोखरेलले बाँकेवासीलाई हसाउने भएका छन । छोटो समयमै निकै चर्चा कमाएका पोखरेल हाँस्य बिधामा उत्कृष्ट मानिन्छन । पोखरेलसँगै आज (शुक्रबार) लोकदोहोरी गायक कृष्ण रेउले र सिर्जु अधिकारी महोत्सवमा आउने भएका छन । त्यसैगरी चर्चित उद्घोषिका अनिता चलाउनेले नवौं दिनदेखिको कार्यक्रम संचालन गर्ने साँस्कृतीक उपसमितिका संयोजक तपेन्द्र बिक्रम शाहाले जानकारी
दिए ।









प्रतिक्रिया दिनुहोस्