लोक दोहोरी गायक सन्तोषको चर्चा चुलिदै



कविन्द्र परियार : कोहलपुर,१९ माघ/  टिपीकल गित गाएर चर्चामा आएका चर्चित लोक तथा दोहोरी गायक सन्तोष दवाडीको पछिल्लो समयमा झनै चर्चा चुलिदै गएको छ । पछिल्लो समयमा हुने मेला महत्सवले उनका चर्चा चुलिदै गएकोछ ।

बिहीबार मात्र उनले नेपालगजंमा चलिरहेको प्रादेशिक महोत्सवमा आप्नो विजोड प्रस्तुती प्रस्तुुत गरेर दर्शकहरुलाई भरपुर मनोरञ्जन दिए । वि.स. २०४५ सालमा गोरखामा जन्मिएका सन्तोष ६ वर्षकै उमेरमा गित गाउन विद्यालयमा अध्ययन गर्ने क्रममैै निकै मिठो गित गाउने गरेको कारण शिक्षक तथा साथीहरुको हौसलाको कारण गायन यात्रामा प्रवेश गरेका सन्तोषले अहिले सम्म करिब ४० वटा गीतहरुमा स्वर दिएका छन् ।

सूरुमा काठमाडौका सालीभेना,भेटघाट,फुलबारी लगायतका रोधीघर हरुमा गित गाउ“दै आफ्नो गायन यात्रालाई अगाडी बढाएका सन्तोष छाडा शैलीका
भन्दा मौलिक र वास्तविक जीवनशैलीका गितहरु बढी गाउने गरेको बताउछन । आफ्नै स्वर शब्दमा मात्रै करिब ११ वटा गीतहरु बजारमा ल्याइसकेका छन् ।
लाउनै छाड्यौ फुली,जवानीले मन पागल भाको छ,मनका कुरा भन्न मन लाछ,सम्झेर म रुने, कसम सानू जस्तै उनका निकै र्चिचत गीतहरु हुन । प्रत्यक्ष दोहरी गाउन समेत उत्तिकै सिपालु सन्तोष राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान शाखा सहसचिव हाम्रो भाका हाम्रो संस्कृति प्रतिष्ठान नेपालका केन्द्रिय सदस्य समेत हुन् ।

उनले नेपाल सांस्कृतिक संघ केन्द्रिय कार्यालयबाट उत्कृष्ट दोहरी गायकको पुरस्कार समेत प्राप्त गरि सकेका छन् । गायन यात्राको सिलसिलामा करिब ६४ वटा जिल्ला पुगिसकेका सन्तोष पछिल्लो समयमा मध्य र सुदुरपश्चिममा चलिरहेका महोत्सवहरुमा व्यस्त छन् ।

आफ्नो गायन यात्रामा विशेष प्रेरणाका स्रोतका रुपमा रहेका स्वर्गिय दाजु अर्जुन दवाडीका कारण आज यो स्थानमा आइपुगेको बताए । मलाई बाँकेका भिम कुसारी, होम धिताल, पार्वती भट्ट शर्मिला दवाडी र पविता खनालको विशेष सहयोगका कारण यो स्थानमा पुगेको हुँ सन्तोषले भने पछिल्लो समयमा रेर्कड भईसकेको करिब एक दर्जन गितहरु बजारमा आउने तयारीमा छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १९ गते शुक्रबार