ग्रहणसँग जोडिएको डर, जसले आकास आफ्नो नियन्त्रणमा रहेको भ्रमसमेत फैलाए



काठमाडौं १७, माघ/ग्रहण र डरबीचको सम्बन्धको इतिहास खासमा निकै पुरानो छ । ७ औं शताब्दी इशा पूर्वमा ग्रीक टापू पारोसमा पूर्ण सौर्य ग्रहण लाग्दा कवि आर्किलोकसले यस्तो लेखेका थिए, ‘अब मलाई संसारका बाँकी कुनै कुराले चकित पार्न सक्दैन । ओलम्पियनका पिता जियुसले परिपक्व सूर्यको प्रकाश छेकेर मध्यदिनलाई कालो रातमा बदलिदिएका छन् । समग्र मानवतामाथि एउटा कालो आतंक छाएको छ । केही कुराको निश्चित भएन ।’
‘अधिकांश मानिसले ग्रहण कसरी लाग्छ भनेर कम्तिमा पनि १७ औं शताब्दीसम्म बुझेका थिएनन्’, क्यालिफोर्नियास्थीत ग्रिफिथ वेदशालाका निर्देशक एडविन क्रुप भन्छन् । प्राचिन ग्रीक बासी मात्र यसमा एक्ला थिएनन् ।
हुनत, आठौं शताब्दी इशा पूर्वतिर केही सीमित खगोलविदहरुले यो आकाशिय घटनाको सफलतापूर्वक ब्याख्या गरेका थिए । तर त्यसले सार्वजनिक ज्ञानको हिस्सा हुने माध्यम नै पाएन । त्यसैले अर्को २००० वर्षसम्म विश्वको अधिकांश जनसङ्ख्याले सौर्य र चन्द्र ग्रहणलाई देवताको कर्मको रुपमा बुझे ।
त्यो समय सूचनाको विस्तार हुन निक्कै गाह्रो थियो । मान्छेहरु आफू वरीपरीको घटनाको व्याख्याको लागि दन्त्यकथा र अन्धविश्वासमा भर पर्थे । साथै प्राचिन समयमा मान्छेहरु आफू वरपर जे देख्यो त्यसैलाई सबथोक मान्थे । वरपरको त्यो सम्पूर्ण सँसारमा आकास पनि पथ्र्यो । र, ग्रहणजस्तो लामो समयमा हुने घटनाहरुले मान्छेको संसारबारे बनाएको धारणामा धक्का दिन्थ्यो । यसले डर पैदा गराउथ्यो । आज पनि भारतीय उपमहाद्विपमा गर्भवती महिलाहरु ग्रहणले खराब असर गर्छ भनेर सो समय बाहिर निस्कदैनन् । यसको जरा यहि प्राचिन डरमा रहेको छ ।
यस्तो घटनासँग सामना गर्न धेरैजसो प्राचिन संस्कृतहरुले संस्कारजन्य कृयाहरु अङ्गाले । यी घटनाको पछाडी हात रहेका ठानिएका शक्ति वा दैत्यहरुसँग सम्वाद गर्ने प्रयासमा यस्तो गरिन्थ्योे । लगभग धेरै स्थानमा एउटा समान खालको विचार व्याप्त पाइन्छ । कुनै भयानक दैत्यले सूर्य वा चन्द्रमा माथि आक्रमण गर्न खोज्दाको परिणाममा ग्रहण लाग्छ भन्ने । पश्चिम एसियामा मानिसहरु सौर्य ग्रहणलाई ड्रयागनले सूर्यलाई निल्न लागेको भन्छन् । त्यसैले ग्रहण लाग्दा सो जीवलाई तर्सिएर भाग्छ भनेर ठूला ठूला ड्रमहरु बजाइने सस्कार अझै त्यहाँ पाइन्छ । चीनमा भने सूर्य ग्रहणलाई आकाशीय कुकुरले सूर्यलाई टोकेको मानिन्थ्यो । पेरुमा दैत्यको रुपमा त्यस स्थानको स्थानीय जीव लामालाई देखाइएको पाइन्छ भने भाइकिङ्गहरु आकाशीय व्यासामा सो दैत्य देख्थे । त्यसैले यो तथ्य त्यति आश्चर्यजनक नहुन सक्छ चीनमा ग्रहणलाई जनाउने सबैभन्दा पुरानो शब्द ‘शिस्’ को अर्थ खानु भन्ने हुन्छ ।
तर सबैले ग्रहणलाई डराउनुपर्ने रुपमा लिएका छैनन् । टोगो र बेनिनका आदिवासी ‘बटाम्मलिवा’ले ग्रहणलाई थाहा भएदेखि सूर्य र चन्द्रमाबीचको युद्धको रुपमा लिन्थे । तीनले आफूहरु माझ रहेको पूरानो रिसिवी माफी दिएर सूर्य–चन्द्रमालाई पनि त्यस्तै गर्न प्रोत्साहित गर्थे । दक्षिण प्रशान्तीय र उत्तरपश्चिम किनारमा रहेका अमेरिकी आदीवासीहरुले पूर्ण सौर्य ग्रहणलाई आत्मियताको समयको रुपमा लिन्थे । ग्रहणको समय सूर्य र चन्द्रमा आफ्नो कामुक कृयालाई लुकाउन छायाँको पर्दापछाडी लुकेको मानिन्थ्यो ।
‘मान्छेले यी आकाशीय घटनाहरुलाई आफूले बाँचेको परिस्थिति अनुरुप ब्याख्या गरेको पाइन्छ । सहज वातावरण रहेका स्थानहरु जहाँ मौसम विषम छैन र खाना पर्याप्त छ मान्छे देवतालाई दयावान देखाएको पाउनुहुन्छ । त्यस स्थानमा ग्रहणको व्याख्या भिन्न पाइन्छ । यदी तपाई विषम स्थानमा हुनुहुन्छ भने तपाईको देवता सधैं तपाईविरुद्ध खतरा रचिरहने बनाउनुहुन्छ । त्यो बुझाई भएको ठाँउमा यस्ता घटनाको व्याख्या पनि नकारात्मक हुन्छ’ वेस्टर्न केप विश्वविद्यालयका खगोलविद तथा प्रोफेसर जरिता हलब्रुक बताउँछिन् । ग्रहणमा खास के भइरहेको छ भन्ने जानेका केहीले भने आफ्नो राजनैतिक लाभका लागि झुटो मिथकहरु नै फैल्याइरहे । तीनले यसो गरेर राजनैतिक शक्ति आफ्नो फाइदाको लागि प्रयोग गरिरहेका थिए ।
सन् १५०४ मा कोलम्बसको जहाज जमैकाको तटमा भग्नावशेष भएर लामो समय त्यहि रहनुपर्ने भएपछि जहाजको क्रुमा भोकमरी हुने अवस्था निम्तियो । कोलम्बसले त्यस टापूका आदिवासीको विश्वास जित्न नसकेपछि भएको असहयोगले यस्तो अनिश्चता निम्तिएको थियो । यही समय लागेको चन्द्र ग्रहणलाई देखाएर कोलम्बसले आदीबासीहरुलाई आकास आफ्नो नियन्त्रण रहेको भनेर मनाए । त्यसबाट डर देखाएर खानाको पुर्ति हुने व्यवस्था गरे । यसरी उनी आफ्नो क्रूले गर्न लागेकोे विद्रोहबाट बचे । तीन सय वर्ष पछाडी जुलु अधिराज्य स्थापना गर्दा युद्ध सरदार शाका कसेन्जन्गखोनले आफ्ना जनतालाई सूर्यमा आफ्नो नियन्त्रण रहेको भ्रम दिएर आफ्नो शासन मजबुद बनाएका थिए ।

समाचारपत्रको जन्म नभएसम्म ग्रहण के हो र यो किन हुन्छ भन्ने ज्ञान विस्तार हुन सकेको थिएन । ‘१७ औं शताब्दीको यूरोपमा ग्रहणले भयानक घटना निम्त्याउने भनेर गरिएका दाबीहरुको रिपोर्ट पाइन्छ तर पहिलो पटक ‘वाइयात, यो त सौर्य प्रणाली काम गर्दाको परिणाम पो त’ भन्ने खालका आलेखहरु पनि लेखिएको पाइन्छ,’ क्रुपले भने ।
तर आजको दिनमा पनि ग्रहणसँग जोडिएका मिथकहरु किन व्याप्त छन् त ? ‘ज्योतिषविद्यामा विश्वास गर्ने मान्छेहरुको सङ्ख्या अझै निक्कै ठूलो रहेको छ । तिनका लागि आकासले पृथ्वीमा हुने कुनै घटनाको पूर्वाभास प्रदान गर्छ । तपाईले प्रयास गर्नु भयो भने आकासमा देखिएका हरेक उल्काको सम्बन्ध पृथ्वीको कतै मृत्यु वा जन्मसँग देखाउन सक्नुहुन्छ । तर तिनले त्यसरी हेर्दैनन् ।’
अर्को हाम्रो स्वभाविक मनोवैज्ञानिक प्रतिक्रृयासँग जोडिएको छ । ’जब तपाई ग्रहण देख्नुहुन्छ तपाईको शरीरले यसमा साच्चै प्रतिक्रिया गर्छ,’ होलब्रुक भन्छन् , ‘तपाईको मुटुको गति तेज हुन्छ, तपाईको शरीरको तापक्रम, स्वासप्रस्वास, आखाँको आद्रता आदीमा बदलाब आउँछ । यो नियमित देखिरहेको भन्दा फरक घटनालाई दिमागले गरेको प्रतिक्रृया हो। किनकी हामी आफू वरपरको सम्पूर्ण वातावरण आफ्नो बुझाई र नियन्त्रणमा छ भन्ने पारिरहन चाहन्छौ । ग्रहणजस्ता घटनाले हाम्रो त्यो ठम्याइमा क्षणिक नै सहि शंका उत्पन्न गर्नाले त्यस्तो हुन्छ ।’

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १७ गते बुधबार