बाँसगढी महोत्सवमा राष्ट्रिय कलाकारहरुको धमाका



रावन विश्वकर्मा : बाँसगढी,१५ माघ/   दोस्रो बाँसगढी महोत्सवको तेस्रो दिन राष्ट्रिय कलाकारहरु, टिका पुन, कमल खत्री, गोपाल नेपाल जिएम, मोडल आरुसी अस्लामी मगर र लोकदोहोरी गायक सुकदेव अधिकारीले दर्शकहरुलाई भरपुर मनोरञ्जनका साथै तहल्का मच्याएका छन ।

दोस्रो बाँसगढी औद्योगिक, कृषि, पर्यटन, व्यापार एवं बर्दिया माघि महोत्सवको तेस्रो दिन लोकदोहोरी गायक गोपाल नेपाल जिएमले साउदी मलेसीया भन्ने गित गाएर सुरुमै आमाहरुलाई रुन बाध्य बनाए भने युवाहरुको ढुकढुकी पप गायक कमल खत्रीले स्टेज तताए ।

त्यस्तै गोपाल नेपाल जिएमले थरुनीको माया, नक्कली मोरी, पातली मैया जस्ता गितहरु गाएर दर्शकहरुलाई नचाए । टिका पुनले आफनै देश जाती हो, सलल बगेको भेरी नदि, पोखरा फेवाताल, सुर्खेत बुल्बुले ताल लगायतका गित र कमल खत्रीले कोरेर प्रेम पत्र, आँशामा जस्ता दर्जनौ गितहरुबाट दर्शकहरुलाई भरपुर मनोरञ्जन दिए ।

त्यस्तै मोडल आरुसी अस्लामी मगरको नाच सँगै मर्काएको कम्मरले मञ्च तथा दर्शक तताए । नव लोकदोहोरी नायक सुकदेव अधिकारीले क्षितिज पारी,
कतिराम्रो सुहायो केशमा रातो डोरी, जस्ता गित गाएर दर्शकहरुलाई मर्माहित बनाउनुका साथै छमछमी नाचए ।

महोत्सवमा १५ गते सोमबार लोकदोहोरी गायक रामजी खाँड, मंलम फिल्मको टिम नायिका सिल्पा पोख्रेल, निर्माता छबी ओझा, मंगलम फिमका नायक पुष्पा खड्का लगायत मंगलम फिल्मका टिम लगायत राष्ट्रिय कलाकारहरुको आगमन हुने आयोजकले जनाएको छ । महोत्सवमा २ सय ५० स्टलहरु रहेका छन ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १५ गते सोमबार