बढैयातालमा कम्बल वितरण



बर्दिया,१४ माघ/  बढैयाताल गाउँपालिकाले वडा कार्यालयहरुको समन्वयमा आइतबार ७ वटा वडाहरुमा न्यानो कम्बल वितरण गरेको छ ।
न्यानो कम्बल वाट १ सय ११ जना लाभान्वित भएका गाउँ पालिकाले जनाएको छ ।

नेपाल सरकार गृह मन्त्रालयको सहयोगमा जिल्ला विपत् व्यवस्थापन समिति बर्दियाको समन्वयमा बढैयातालमा न्यानो कम्बल बितरण गरिएको हो ।

बढैयाताल गाउँपालिकाले आइतबार एकै दिन १ ., २, ४ ,६, ८ र ९ नम्बर वडामा कम्बल वितरण गरिएको हो भने ५ नम्बर वडामा भोलि वितरण गरिने छ भने ७ नम्बर वडाले हिजै वितरण गरेको गाउँपालिकाले जानकारी गराएको छ ।

सितलहर प्रभावित बढैयाताल गाउँपालिका अन्तरगतका अति विपिन्न परिवारका अशक्त अपांग तथा असाहय जेष्ठ नागरिकलाई जाडो छल्नका लागि न्यानो कम्बल प्रदान गरिएको बढैयाताल गाउँपालिकाका कार्यकारी अधिकृत नारायण प्रसाद ढकालले जानकारी दिएका छन् ।

जाडो महिनाको अन्त्य हुनै लाग्दा नेपाल सरकारले शितलहर प्रभावित जिल्लामा जाडो छल्न ढिलै भए सरकाले वितरण गरिएको न्यानो कम्बल वाट अति विपन्न परिवारका जेष्ठ नागरिक ,अतिअशक्त अपांगता भएका व्यक्तिहरुलेसरकारी राहत पाउदा खुसी भएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १४ गते आइतबार