माग्ने बुढाको जोडीले हँसाए, सिवाकोटीले नचाए हेर्नुस्



नेपालगञ्ज,१३ माघ/  बाँकेको नेपालगञ्जमा जारी प्रादेशिक महोत्सवमा माग्ने बुढाले दर्शकहरुलाई हाँसाएका छन ।

माग्ने बुढाको भुमिकाबाट चर्चित हाँस्यकलार केदार घिमिरेले हाँस्यब्याङ्ग्यसँगै समसामयीक विषयवस्तुमाथी चोटिलो प्रहार गरेका थिए ।

माग्नेबुढालाई हाँस्यकलाकार सितादेबी तिमल्सीनाले साथ दिएकी थिईन । घिमिरे र तिमल्सीनाको जोडीले बाँकेबासीहरुलाई पेट मिचिमिचि हाँस्न बाध्य बनाएका थिए ।

त्यसैगरी चर्चित गायक राजनराज सिवाकोटीले आप्mना चर्चित गितहरु गाएर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।

कुटुमा कुटु गितबाट चर्चा कमाएका सिवाकोटीले सुर्के थैली खै, चिरविरचिरविर चाँचरी जीस्ता चर्चीत गितहरु गाएका थिए । त्यसैगरी देउडा गायक सज्जन धामीले समेत रामाईलो प्रस्तुती दिएका थिए ।

 

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १३ गते शनिबार