कोहलपुर,१३ माघ/ रीमा प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत गाउँ तथा वडा तहमा पैरवी तथा चेतनामुलक अभियान कार्यक्रम बिहीबार
सम्पन्न भएको छ । कार्यक्रम सो क्षेत्रमा रहेका ४ वटा विद्यालयहरुको सहभागीतामा रहेको थियो ।
¥याली पछि जनता माध्यामिक विद्यालयमा कोण सभामा परिणत भएको थियो । कोण सभामा बोल्दै राप्तीसोनारी गाउँपालिका वडा न. ९ का वडा अध्यक्ष महाविर वलीले टोल पढाई कार्यक्रमा लागि वडा कार्यालयले यस वर्ष रु ५० हजार विनियोजन गरेको र आगामी वर्षमा यो अभियानलाई सफल पर्न थप बजेट विनियोजन गरिने बताए ।
कोण सभामा बोल्दै मदुई स्रोत केन्द्रका स्रोत व्यक्ति विष्णु प्रसाद शर्माले प्रारम्भिक कक्षा पढाई कार्यक्रमलाई सफल बनाउन अभिावाक , शिक्षक तथा जनप्रतिनिधि सबैले आ—आफ्नो क्षेत्रबाट लाग्नु पर्ने बताए ।
कार्यक्रममा विविध सांस्किृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिएका थिए । प्रारम्भिक कक्षा पढाई कार्यक्रमलाई चौतर्फी ढंगबाट प्रभावकारी बनाउन कार्यक्रमको आयोजना गरिएको प्रारम्भिक कक्षा पढाई कार्यक्रमकी प्रशिक्षक शान्ति चौधरीले जानकारी दिइन् ।
कार्यक्रमा प्रारम्भिक कक्षा पढाई कार्यक्रमका क्षेत्रीय कार्यक्रम संयोजक बखत भण्डारी,बाँके युनिस्को क्लबका कार्यक्रम संयोजक रिजुवान अन्सारी,सामाजिक परिचालक अधिकृत लसिना वली, वडा न. ९ का वडा सदस्य मिना विष्ट, पुर्ण बहादुर वली जनता माध्यामिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष पत्र सिह के.सी सो क्षेत्रका चारवटा विद्यालयका प्रधानाध्यापकहरु विद्यार्थी अभिभावक लगायतको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्