नेपालगञ्ज,१३ माघ/ नेपालगञ्जमा संचालन भईरहेको प्रादेशिक महोत्सवको दोस्रो दिन चर्चित कलाकारहरुले साँगितिक प्रस्तुती दिएका छन ।
पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेको उक्त महोत्सवको दोस्रो दिन शुक्रबार चर्चित गायक प्रमोद खरेल र सुगम पोखरेलले आप्mनो प्रस्तुती दिएका छन । साँगितिक कार्यक्रममा पोखरेल र खरेलका अवाला चर्चित डान्स ग्रुप कार्टुन क्रुजले समेत धमाका मच्चाएका थिए ।
प्रथम प्रादेशिक महोत्सवमा पहिलो पटक अमेरीकी ब्याण्डका कलाकारहरुले समेत प्रस्तुती दिएका थिए । शुक्रबार नै बाँकेवासीहरुले अमेरीकी ब्याण्डका कलाकारहरुको विशेष प्रस्तुती देखाएका थिए ।
नेपालगञ्ज उद्योग वाणिज्य संघको मूख्य आयोजनामा विहिबारबाट नेपालगन्जमा सुरु भएको प्रथम प्रादेशिक महोत्सवमा महोत्सवमा २६० वटा व्यवसायिक, ५ कृषि, ४ जडीबुटी, १४ अटोमोवाइल, २२ रेष्टुरेण्ट र १६ विदेशी स्टल गरी जम्मा ३२१ स्टल राखिएको छ ।
नेपालगन्जको सडक विभाग परिसरमा २२ गतेसम्म सञ्चालन हुने महोत्सवलाई यस क्षेत्रको आर्थिक संवृद्धिका रुपमा हेरिएको छ । महोत्सवमा पाकिस्तान, बंगलादेश, चीन, भार जक र साना तथा मझौला कृषि आयस्तर वृद्धि आयोजना, सहआयोजक रहेका छन् ।
महोत्सवको त लगायतका देशका लागि १६ वटा स्टलसमेत राखिएको छ । कृषि, जडीबुटी, पर्यटन, सूचना प्रविधि, उद्योग, व्यापारको प्रवद्र्धन र रोजगारी, प्रादेशिक महोत्सवको चिनारी भन्ने मूल नारा बोकेको महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघ आयो२४ घण्टा सिसी टिभी जडान गरी निगरानी गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्