सौन्दर्यकला व्यवसायका चुनौति र संभावना बारे अन्तरक्रिया



यम घिमिरे : बार्दिया,१३ माघ/   बर्दियाको मधुवन नगरपालिकामा सौन्दर्यकला व्यवसयाका चुनौति र संभावना बारे एकदिने अन्तरक्रियाकृया कार्यक्रमम सम्पन्न भएको छ ।
प्रेस क्लब अफ नेपाल पी सी एन को आयोजना र सौन्दर्य कला युनियन संघ बर्दियाका अध्यक्ष लक्ष्मी पुरीको अध्यक्षतामा विहिबार सम्पन्न भएको हो । अन्तरक्रियाका सहभागीहरुले महिलाहरुलाई आत्मनिर्भर र सम्मानपुर्ण जीवनयापनमा सघाउ पु¥याउदै बताएका छन् ।

सौन्दर्य व्यवसायलाई अझै बढी उचाईमा पुरयाउन स्थानीय तह , संघसंस्था र सरकारी निकायले सबैले सहयोग गर्नु पर्ने बताए । गुणस्तरीय तालिम,सुलभ ब्याज दरमा कर्जा , अनुदान सहयोग र सौन्दर्य व्यवसायमा लागेका महिलाहरुलाई अग्रेजी भाषा ,उद्यमशीलता विकास सम्बन्धी तालिम समेत उपलब्ध गराउनु पर्ने उनीहरुले सुझाव दिएका थिए ।

सौन्दर्यकला व्यवसायले महिलाहरुको आयस्तर र गरिमा वृद्धि गराएको भन्र्दै सौन्दर्य कला व्यवसायमा लागेका महिलाहरुमा व्यवसायिक क्षमताको विकास र सहकार्य तथा एकता अत्यन्तै जरुरी रहेको सहभागीहरुले बताए ।

प्रेस क्लब अफ नेपाल पी सी एनका केन्द्रिय अध्यक्ष यम घिमिरेको अध्ययक्षतामा सम्पन्न अन्तरकृया कार्यक्रममा मधुवन नगरपालिकाका उपप्रमुख सुबरानी थारुले सौन्दर्यकला व्यवसयामा लागको महिलाहरुको क्षमता विकासका लागि नगरपालिका सहयोग गर्न तैयार रहेको बताउदै प्रस्ताव पेश गर्न आग्रह गरे ।

कार्यक्रममा कुसुम्बाल उद्योग बाणिज्य संघका अध्यक्ष देवेन्द्र तिमल्सिना,सौन्दर्य कला युनियन संघका अध्यक्ष लक्ष्मी पुरी,नेपाली कांग्रेसकी तुलसी पुन,एमालेकी मनु भण्डारी ,माओवादी केन्द्रकी निर्मला गौतम,रामज्ञानु एफ एमका स्टेशन म्यानेजर शीतल थापा,अन्तर पार्टी महिला सजाल मधुवनकी अध्यक्ष मञ्जु शर्मा लगायतले आफनो धारणा राखे ।

कार्यक्रममा सौन्र्दकला व्यवसायीहरुका तर्फबाट कार्यक्रमका प्रमुख अथिति,अथितहरुलाई निर्मला र शर्मिलाले दोसल्ला ओढाई सम्मान गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १३ गते शनिबार