बाँसगढी महोत्सव भव्य र सभ्य रुपमा सफल बनाउँछौं : थारु



“उद्योग व्यापार कृषि पर्यटन र कला संस्कृतिको पहिचान, ग्रामिण प्रविधि, वैज्ञानिक प्रविधिहरुको वृहत प्रदर्शनीको अभियान” भन्ने मुल नारा सहितआज देखि (माघ १२ गते देखि २२ गते सम्म) ‘दोस्रो बाँसगढी औद्योगिक, कृषि, पर्यटन, व्यापार एवं बर्दिया माघि महोत्सव २०७४’ सञ्चालन हुँदै छ । बाँसगढी उद्योग वाणिज्य संघको मुख्य आयोजना, बाँसगढी नगरपालिकाको आयोजना र उद्योग वाणिज्य महासंघ प्रदेश नं ५ को सह–आयोजनामा महोत्सव सञ्चालन हुन लागेको छ । मेलाको तयारी र सांस्कृतिक झाँकिहरु व्यवस्थापनको विषयमा बाँसगढी उद्योग वाणिज्य ंसंघका वरिष्ठ उपाध्यक्ष तथा साँस्कृतिक तथा झाँकी व्यवस्थापन उपसमितिका संयोजक रामसिङ थारु सँग गरिएको अन्तवार्ताका सम्पादीत अंश ः

१.महोत्सवमा साँस्कृति तथा झाँकी व्यवस्थापनको योजना कस्तो छ ?
बर्दिया जिल्ला भनेको थारुहरुको बहुल्य भएको जिल्ला हो । अब बिशेष गरेर यहाँका थारु समुदायको त्यहाँका थारु साँस्कृति सँग जोडिएका तिनीहरुको रहन–सहन तिनीहरुको भेषभुषा र तिनीहरुको संस्कृति के कस्तो
छ ? एउटा मुख्य त्यो भयो । अनि अर्को कुरा थारुमा पनि दंगाहा थारु र देसौरी थारु छ । त्यसमा पनि दंगाहा थारु र देसौरी थारुको भेषभुषा फरक छ । त्यसमा पनि अलग–अलग टिम भनेको छु , अर्को कुरा पहाडी समुदायको पञ्चेबाजाहरुको टोली छ ,ती पञ्चेबाजालाई पनि भनिएको छ । बिशेष गरेर यो हाम्रो महोत्सवलाई कसरी सफल पार्ने मुख्य उद्देश्य त्यही नै हो । सके सम्म धेरै भन्दा धेरै आकर्षक कसरी बनाउन सकिन्छ भन्ने किसिमले झाँकी व्यवस्थापन भइरहेको छ ।
२. बर्दियामा थारु संस्कृति सँगै अन्य संस्कृति पनि छन सबै समुदायको संस्कृति कसरी समेटने योजना बनाउनु भएको छ त ?
बिशेष गरी थारु समुदायका साथै साथै गुरुङ, मगर समुदायहरुको संस्कृति पनि छन् उनीहरु सँग पनि समन्वय भइरहेको छ । बिशेष गरी अहिले सम्म थारु समुदायको दंगाहा थारु र देसौरी थारु समुदायसँग कुरा भइसकेको छ । पहाडी समुदायको पञ्चेबाचा, थारु साँस्कृतिक नाच, ड्रिस, समन्वय सबै सँग हुदै छ जहाँ सम्म हामी आशा राख्म माघ १२ गते सम्म यहाँका बिभिन्न जाति जनजातीहरुको भेषभुषा, रहनसहन साँस्कृती सँग आबद्ध झाँकी देखाउने पहल गर्छौँ ।
३.स्थानीय समुदायको संस्कृति र झाँकी, रहन सहनको संरक्षण जर्गेना र प्रवद्र्धनको लागि महोत्सव कस्तो भुमिका खेल्छ ?
यो उद्योग वाणिज्य संघ र महोत्सवले अवश्य नै यहाँ जातजाती रहन सहन, भेषभुषा, खानपान र संस्कृतिमा धेरै ठूलो भूमिका खेल्छ । हाम्रो महोत्सवमा २ सय ५० स्टलहरु हुन्छ । राष्ट्रिय तथा स्थानीय कलाकारहरुको उल्लेख्य सहभागीता हुन्छ । करिब २ लाख दर्शकहरु आउँछन । त्यस
मध्यमा बर्दिया जिल्लामा विशेष गरी करिब ५२ प्रतिशत थारुहरुको बस्ती
छ । तिनीहरुको थारुहरुको भेष यो हो, थारुहरुको संस्कृति यो हो भन्ने
झल्काउने मुख्य उदेश्य पनि त्यही हो । यहाँका विभिन्न समुदायको जुन संस्कृति छ, त्यसलाई जर्गेना गर्नको लागि महोत्सवले ठूलोे सहयोग गर्ने छ । त्यहाँ
धेरै दर्शकहरु प्रत्यक्ष रुपमा देख्न र हेर्न पाउने छन । र उद्योग वाणिज्य संघ
र होत्सव आयोजक समितिको तर्फबाट पनि उनीहरुको संस्कृतिको संरक्षण जर्नेना र प्रवद्र्धनको लागि के कस्तो हुन्छ आर्थिक रुपमा पनि सहयोग हुन्छ ।
४. बाँसगढीमा सञ्चालन भएको पहिलो महोत्सव भन्दा अब सञ्चालन हुने दोस्रा महोत्सवबाट कस्तो अपेक्षा गर्नुभएको छ नी ?
पहिलेको मेला भन्दा अहिलेको मेला सभ्य र भव्य बनाउने तयारीमा हामी छौँ । पहिले शुरुको मेला हामी सिक्ने क्रममा थियांै भने अहिले दोस्रो महोत्सव हो । पहिलेको भन्दा अहिले राम्रो व्यवस्थापन अवश्यनै गर्छौं । महोत्सवको साँस्कृतिक कार्यक्रममा हामी नेपाल अधिराज्यका चर्चित कलाकारहरुलाई बोलाएर बर्दिया, बाँके, कैलाली, दाङ सुर्खेत लगायतका धेरै भन्दा देखि दर्शकहरुको अवलोकन गर्ने व्यवस्था मिलाउछौं ।
५.तपाई मुख्य आयोजक संस्थाको बरिष्ठ उपाध्यक्ष पनि हुनुहुन्छ । मेला सफल पार्नलाई क–कसको भुमिका धेरै देख्नु हुन्छ नी ?
च बर्दियामा देखिएको मुख्य स्टलहरु राम्रो हुनु प¥यो धेरै भन्दा धेरै स्टलहरु आउनु प¥योे । यहाँका दर्शकहरुको माग अनुसारका कलाकारहरु पनि भयो भने बढी भन्दा बढी दर्शकहरु आकर्षण गर्न सकिन्छ । यो हिसावले हामीले राम्रा राम्रा राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुलाई बोलाएका छौं । महोत्सव सफल चाही अवश्य हुन्छ ।
६. पहिलाको तुलनामा अहिलेको महोत्सवमा के फरक रहन्छ नी ?
पहिले महोत्सवमा १ लाख ५० हजार बढी दर्शकले अवलोकन गरेका थिए भने अबको महोत्सवमा करिब २ लाख बढी दर्शकहरुले अबलोकन गर्ने अनुमान गरेका छौ । करिब ४ करोड बढी आर्थिक कारोकार गर्ने अनुमान गरेका छौ ।
७. मेलाबाट भएको आम्दानी रकम तत्काल केमा लगानी गर्ने योजना छ त ?
च मेलाबाट आम्दानी हुने रकम तुरुन्तै संस्थाको भवन निर्माण गर्न लगाउँछौ । बाँसगढी उद्योग वाणिज्य संघ खोलेको पनि धेरै भएको छैन । करिब ४ वर्षको हाराहारा चलिएको छ । संस्था अझै मजबुद भएको छैन । मेलाको आम्दानीले जग निर्माण भए पनि भवन निर्माणमा नै लगाउने छौं ।
८. मेलाको तयारी चाही कस्तो छ ? कति प्रतिशत काम भयो त ?
मेलाको सबै तयारी पुगेको
छ । राजमार्ग लगायतका स्थानमा गेट निर्माण, तिव्र प्रचार प्रसार, मेला स्थल निर्माण लगायतको काम पुरा भएका छन् भने आजको उद्घाटनमा सबै प्रकारका झाँकी ¥यालीहरुको राम्रो सहभागीता रहने छ । २ सय ५० बढी स्टलहरु मध्य करिब
करिब सबै स्टलहरु बुक भईसकेका छ ।
९. समग्र मेला व्यवस्थापनका लागि समन्वय कसरी गरिरहनु भएको छ नि ?
सुरक्षा निकायलाई हामीले पत्राचार गरिसकेका छांै । मुख्य बिमा हो । बिमा पनि हामी गर्छौं । करिब २÷३ जनाको जिवन बिमा गर्छौ । बिमाको लागि सगरमाथा ईन्स्योरेन्स सँग समन्वय गरिरहेका छांै । मेला क्षेत्रमा खानेपानी सरसफाईको लागि पनि हरि प्रसाद लामिछानेको संयोजकत्वमा विद्युत खानेपानी तथा सरसफाई उपसमिति बनाएका छाँै । समग्र अहिलेको मेला भव्य र सभ्य रुपमा सफल हुन्छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १२ गते शुक्रबार