‘मूल्यवृद्धि सरकारको कारणले भएको होइन’



काठमाडौँ ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाली बजारमा भएको मूल्यवृद्धि सरकारको कारण नभएको बताएका छन् । बिहीबार राष्ट्रियसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको प्रधानमन्त्रीको तर्फबाट जवाफ दिँदै उनले सो कुरा बताएका हुन् ।

‘मूल्यवृद्धि सरकारको कारण होइन, बाह्य चापको कारण हो भन्ने आमसमझदारीले सरकारमाथि दबाब हुनु सकेको छैन । असाध्यै कठिन अवस्थामा छौँ हामी,’ उनले भने । रासस

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख ३१ गते बिहीबार