फूलबारी एजुकेशन एकेडेमीको तेस्रो वार्षिक उत्सव सम्पन्न



कविन्द्र परियार : कोहलपुर,९ माघ/   बाँकेको कोहलपुर नगरपालिका —२ शक्तिनगरमा रहेको फुलबारी एजुकेशन एकेडेमीको तेस्रो वार्षिक उत्सव तथा नतिजा प्रकाशन कार्यक्रम सोमबार सम्पन्न भएको छ । वार्षिक उत्सवको कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका रावतले विद्यालय एकान्त र रमणीय वातावरणमा भएका कारण निकै राम्रो भएको बताए । चारैतिर हरियालीका बीचमा रहेको विद्यालयको समग्रमा वातावरण राम्रो भएको र विद्यालयले गुणस्तरीय शिक्षामा जोडदिनु पर्ने बताए ।

कोहलपुर नगरपालिका वडा न.२ का वडा अध्यक्ष कर्ण वि.सीले विद्यालयले छोटो समयमा निकै प्रगति गरेको र सम्रग विद्यालयको वातावरण राम्रो रहेको बताए ।

कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । श्रीपञ्चमीको अवसर पारेर विद्यालयको तेस्रो त्रैमासिक परिक्षाको नतिजा प्रकाशन गर्नुका साथै उत्कृष्ट स्थान प्राप्त गर्ने विद्यार्थीहरु लाई कार्यक्रमका अतिथिहरुबाट पुरस्कार समेत वितरण गरिएको थियो ।

विद्यालयका प्रिन्सिपल धन बहादुर शाहीले विद्यार्थीहरुको क्षमता विकासका लागि विभिन्न समयमा विविध कार्यक्रमहरु गरिदै आएको बताए । कार्यक्रममा माओबादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपाने, जिल्ला शिक्षा कार्यालय बाँकेका विद्यालय निरीक्षक दान बहादुर विष्ट लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम विद्यालयका व्यवस्थापन समिति अध्यक्ष दल बहादुर कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ ९ गते मंगलबार