शंकर पोखरेल संसदीय दलको नेता



बुटवल,७  माघ/  नेकपा एमालेले ५ नम्बर प्रदेशसभा संसदीय दलको नेतामा शंकर पोखरेललाई चयन गरेको छ ।

सो प्रदेशको भावी मुख्यमन्त्रीकोरुपमासमेत हेरिएका पोखरेललाई आइतबार बुटवलमा प्रदेशसभा सदस्यको शपथग्रहण सम्पन्न भएलगत्तै संसदीय दलको नेता चयन गरिएको हो ।

नेता चयन भएपछि पोखरेलले प्रदेश–५ को स्थायी राजधानी सहमतिमै टुंग्याउने र सबैलाई पायकपर्ने स्थान दाङ नै हुने बताए ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ ७ गते आइतबार