बर्दियामा राष्ट्रिय थारु साहित्यिक मेला शुरु



रावन बिश्वकर्मा, बाँसगढी,६ माघ/  बर्दियाको बहैयातालमा राष्ट्रिय थारु साहित्यिक मेला २०७४ शुरु भएको छ । थारु लेख्क संघ, जंग्रार साहित्यिक बखेरी र बढ्रैयाताल गाउँको संयुक्त आयोजनामा शुक्रबार देखि मेला शुरु भएको होे ।

मेलाको उदघाटन सत्रमा विभिन्न विधाका १३ पुस्तक विमोचन गरिएको छ । मेलामा थारु भाषा र थारुहरुको विषयमा लेखिएका पुस्तकको स्टल पनि राखिएको छ । मेलामा थारु, लोक कथा समालोचनात्मक दृष्टि, आख्यान लेखन र रचनागर्भ, थारु भाषा सरकारी कामकाजको भाषाः चुनौति र सम्भावना, महिला लेखक नेतृत्व विकास र चुनौति विषयमा पहिलो दिन अन्तरक्रिया गरिएको छ ।

कार्यक्रममा प्रदेश सभा सदस्यहरु तिलक शर्मा, कबीराम थारु, प्राज्ञ हरि प्रसाद तिमिल्सेना, कथाकार एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मी, जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकर प्रसाद थारु, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई लगाएतको उपस्थिति रहेको थियो ।

थारु भाषा सरकारी कामकाजको भाषाः चुनौति र सम्भावनाका विषयमा बाँसगढी नगर प्रमुख शालिकराम अधिकारी, बारबर्दिया नगरप्रमुख दुर्गाबहादुर थारु र बढैयाताल गाउँपालिका प्रमुख लालबहादुर श्रेष्ठ सहभागी भएका थिए ।

मेलामा २२ जिल्लाका करिब ५ सय साहित्यकार तथा थारु बुद्धीजिविहरु भेला भएका छन् । यस अघी पहिलो मेला दाङ, दोश्रो मेला कैलालीमा भएको थियो । मेला भोली शनिबार सम्म चल्ने छ । शनिबार बर्दियाको विकास संभावना र चुनौती, स्थानीय निकाय र थारु प्रथाजनित संगठनको सम्बन्धका विषयमा छलफल हुने आयोजकले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ ६ गते शनिबार