
काठमाडौं, ४ माघ/ एमाले अध्यक्ष केपी शर्मा ओली आज स्वदेश फर्कंदै हुनुहुन्छ । नियमित स्वास्थ्य परीक्षणको सिलसिलामा गत २६ पुसमा थाइल्यान्डको राजधानी बैंकक पुग्नुभएका ओली स्वास्थ्य परीक्षण सकेर आठ दिनपछि स्वदेश फर्किन लाग्नुभएको हो ।
ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार उहाँ थाई एअरवेजको विमानबाट अपराह्न साढे १२ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ । बैंककको बुमरुङगार्ड अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणपछि चिकित्सकले ओलीको स्वास्थ्य अवस्थामा कुनै समस्या नरहेको जनाएका छन् ।
प्रकाशित मिति : २०७४ माघ ४ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्