महासंघमा डोलनाथ खनालको नेतृत्वमा शसक्त प्यानल



कोहलपुर,३ माघ/  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमा कार्यवाहक अध्यक्ष डोलनाथ खनालको नेतृत्वमा शसक्त प्यानल सहितको उम्मेद्वारी घोषणा गरिएको छ ।

यही माघ १७ देखि १९ गतेसम्म चितवनमा हुने महासंघको पाँचौ राष्ट्रिय महाधिवेशनको निर्वाचनका लागि खनालको नेतृत्वमा वाम गठबन्धनसहितको समावेशी समूह घोषणा गरिएको हो ।

सो समूहको वरिष्ठ उपाध्यक्ष दिपक अधिकारी र भरत तिमल्सेना, उपाध्यक्ष जीतवहादुर भारती, मीनबहादुर मानन्धर, शरद अधिकारी, मालवाहक तर्फको उपाध्यक्षमा यादवलाल श्रेष्ठ र महासचिवमा पुन्यप्रसाद (सरोज) सिटौलाको नाम घोषणा गरेको छ ।

यसैगरी उप–महासचिवमा कोषाध्यक्ष हेमन्त शेरचन, सह–कोषाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ र पर्यटन तर्फको वर्गिय संयोजकमा पुरुषोत्तम सिंखडाको उम्मेद्वारी घोषणा गरिएको छ ।

कुल ९३ कार्यसमिति निर्वाचन हुने महासंघको उक्त समूहबाट घोषणा हुन बाँकी एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, तीन सचिव नौ वर्गीय संगठनका संयोजकहरु र सदस्यहरु एक दुई दिन भित्रै घोषणा हुने महासचिव सिटौलाले जानकारी गराएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ ३ गते बुधबार