छुरा प्रहारबाट कञ्चनपुरमा एक युवकको हत्या



कञ्चनपुर,२ माघ/  कञ्चनपुरको भीमदत्तनगरपालिका–१८, कटानमा कोठा भाडामा लिएर बस्दै आएका २५ वर्षीय राजु बोहराको चक्कु प्रहार गरी गएराति हत्या गरिएको छ ।

बैतडीको दशरथचन्द नगरपालिका–२, देहीमाण्डौँ घरभएका बोहरासँग एक महिनादेखि बस्दै आएकी कैलालीको धनगढी उप–महानगरपालिका–३, चटकपुरकी ३० वर्षीया धर्मा बोहराले चक्कु प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ ।

राजुको घाँटीमा धर्माले चक्कु प्रहार गरेपछि तत्कालै उपचारका लागि महाकाली अञ्चल अस्पताल पु¥याए पनि उनको उपचारका क्रममै मृत्यु भएको प्रहरीले जनाएको छ । धर्मालाई पक्राउ गरी अनुसन्धानको कार्य भइरहेको प्रहरीले बताएको छ ।

राजु सशस्त्र प्रहरी बलको जवान पदबाट निलम्बित हुन् भने धर्मा विवाहिता हुन् । कुन विवादमा चक्कु प्रहार गरियो भन्नेबारे जानकारी प्राप्त हुन नसकेको प्रहरी जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २ गते मंगलबार