कुन राशी भएको मान्छेहरु बिहे पछीभाग्यमानी हुन्छन्!!



एजेन्सी/  कतिपय मानिसको जीवन विवाह पछि र विवाह अघि निक्कै फरक हुन्छ । केहीको विवाह पछि जीवन निरश हुन्छ भने केहीको भने निक्कै सुखद् ।

 कुनै मानिस विवाह गरेपछि निकै नै खुसी हुन्छन् भने कुनैमानिस निकै नै निराश हुनेगर्छन् । त्यस्तै नयाँ जानकारीको लागि यदि तपाईंको नामको अगाडीको अक्षर ही, हू, हे, हो, डा, डू,डी, डे वा डो आउँछ भने तपाईंको राशी कर्कट हो ।

यो राशी हुने मानिसहरुको विवाहपछि निकै नै भाग्य चम्किने ज्योतीष शास्त्रको दाबी समेत रहेको छ । त्यस्तै कर्कट राशी हुने मानिसहरु इमान्दार, जिम्मेवार र कर्तब्यनिष्ठ पनि हुने ज्योतिष शास्त्रले दाबी गरेको छ ।कर्कट राशी हुनेहरुको जीवनमा विवाहको कुरा चल्दा आफ्ना आमाबाबुले हस्तक्षेप गर्छन् जुन कुरा उनीहरुलाई भने मन पर्दैन् ।

तर विवाह भएपछिनिकै नै सुखी हुन्छन् । कर्कट राशीको मानिसको भाग्योदय विवाहपछि नै हुन्छ । विवाह पछि भाग्य र परिवर्तन यस राशीको मानिसको जीवनमा विवाहले ठूलो परिवर्तन ल्याउँछ । यो राशी हुनेहरुको भाग्य विवाहपछि खुल्नेछ । विवाह गरेपछि यीनीहरुले जुन काममा हात हालेपछि सफल हुनेछ ।

कर्कट राशी हुने मानिसहरुले आफूले गरेको निर्णय परिवर्तन गरिरहने बानी हुन्छ । यो राशीका मानिसहरुएकदमै परिश्रमी र इमान्दार हुन्छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २ गते मंगलबार