रोजगारी सिर्जनामा योगदान पु¥याउने उद्यमी पुरस्कृत



सल्यान ।

उद्योग सञ्चालन गर्नु व्यक्तिगत आम्दानीको गतिलो माध्यम पनि हो । यसले स्थानीय स्रोतसाधनको उपयोग, रोजगारी सिर्जना, उत्पादनमा आत्मनिर्भरता र आर्थिक समृद्धिको आधार तय गर्ने गर्दछ । यही उद्यमशीलताको महत्वलाई उजागर गर्दै उद्योग दिवसको अवसरमा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानले तीन जना उद्यमीलाई सम्मान गरेको छ । कार्यालयले फरक–फरक क्षेत्रमा रहेर स्थानीय अर्थतन्त्रमा योगदान पु¥याउँदै आएका शारदा भुजा उद्योगका सञ्चालक शोभाराम ओली, एसके गार्मेन्ट उद्योगकी सञ्चालक खिमादेवी नेपाली र दर्माली बहुउद्देश्यीय कृषि तथा पशुपालन फर्मका सञ्चालक कृष्ण ओलीलाई सम्मान गरेको हो ।

सम्मानित तीनै उद्यमीका काम र योगदानका आधार फरक छन् । कसैले स्थानीय स्तरमा उपलब्ध स्रोतसाधनलाई उत्पादनसँग जोडेर रोजगारी सिर्जनाको प्रयास गरेका छन् भने कसैले नवीन प्रविधिलाई उद्योगमा भित्र्याएका छन् । अर्का उद्यमीले नियमित तथा सबैभन्दा बढी राजस्व दाखिला गरेर राज्यको आर्थिक प्रणालीमा योगदान पु¥याएका छन् । यसले जिल्लामा उद्यमशीलताको सम्भावना र योगदानका विविध आयामलाई समेत उजागर गरेको छ । शारदा नगरपालिका–१ श्रीनगरमा शारदा भुजा उद्योग सञ्चालन गर्दै आएका शोभाराम ओली स्थानीय स्रोतसाधनको प्रयोग तथा जिल्लाभित्रै रोजगारी सिर्जना गरेको योगदानका आधारमा सम्मानित भएका हुन् । यस्ता उद्योगले स्थानीय उत्पादनको उपयोग बढाउनुका साथै बाहिरबाट आयात हुने वस्तुको निर्भरता घटाउन पनि सहयोग पु¥याएका छन् ।

ओलीको उद्योगले यही सम्भावनालाई व्यवहारमा जोड्ने प्रयास गरेको छ । २०७९ सालदेखि सञ्चालनमा रहेको शारदा भुजा उद्योगले वार्षिक करिब ३५ लाख रूपैयाँँ आम्दानी गर्दै आएको कार्यालयका सूचना अधिकारी ध्रुव खत्रीले जानकारी दिए । एसके गार्मेन्ट उद्योग सञ्चालन गरिरहेकी खिमादेवी नेपाली नवीन प्रविधि प्रवद्र्धन गरेको योगदानका आधारमा सम्मानित भएकी हुन् । गार्मेन्ट उद्योगमा प्रविधिको प्रयोगले उत्पादनको गुणस्तर, कार्यक्षमता र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।

नेपालीले आफ्नो उद्योगमार्फत नवीन प्रविधिको प्रवद्र्धनमा गरेको प्रयासलाई कार्यालयले सम्मान गरेको हो । २०८२ सालदेखि सञ्चालनमा आएको एसके गार्मेन्ट उद्योगले वार्षिक करिब ३० लाख रूपैयाँँ आम्दानी गर्दै आएको सूचना अधिकारी खत्रीले बताए । जिल्लाको दार्मा गाउँपालिका–१ मा सञ्चालित दर्माली बहुउद्देश्यीय कृषि तथा पशुपालन फर्मका सञ्चालक कृष्ण ओली नियमित तथा सबैभन्दा बढी राजस्व दाखिला गर्ने उद्यमीका रूपमा सम्मानित भएका छन् । निजी क्षेत्रबाट उद्योग तथा व्यवसाय सञ्चालन गर्नुका साथै राज्यलाई नियमित रूपमा राजस्व बुझाउनु उद्यमीको आर्थिक तथा सामाजिक उत्तरदायित्व हो ।

ओलीको फर्मले राजस्व दाखिलामा देखाएको नियमितता र योगदानलाई कार्यालयले सम्मानको आधार बनाएको हो । २०७२ सालदेखि सञ्चालनमा रहेको दर्माली बहुउद्देश्यीय कृषि तथा पशुपालन फर्मले वार्षिक करिब ३४ लाख रूपैयाँँ आम्दानी गर्दै आएको खत्रीले जानकारी दिए । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानले सम्मानित तीनै जना उद्यमीलाई जनही दुई हजार रूपैयाँँ नगद र प्रमाणपत्र प्रदान गरेको जनाएको छ । रकमका हिसाबले सम्मान सामान्य देखिए पनि यसको सन्देश भने महत्वपूर्ण छ । तीन उद्यमीको सम्मानले जिल्लामा उद्योग सञ्चालन गरिरहेका अन्य व्यवसायीलाई पनि उत्पादन, प्रविधि, रोजगारी र कर दायित्वका क्षेत्रमा जिम्मेवार बन्न प्रेरित गर्ने अपेक्षा छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ मंसिर १२ गते शुक्रबार