काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा ‘छठ सम्बन्ध २०८३ : कल्चर, लिडरसिप एण्ड सिटिजन्स कनेक्ट’ कार्यक्रम सम्पन्न गरेको छ। ‘सेलिब्रेटिङ आवर कल्चर, कनेक्टिङ आवर पिपुल, इनर्जाइजिङ सिटिजन्स’ भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलसहित वरिष्ठ कार्यकारी, मधेश प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा अन्य कर्मचारीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा नेपाली समाजको समृद्ध संस्कृति, परम्परा र छठ पर्वको महत्वबारे चर्चा गरिएको थियो। साथै सांस्कृतिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्दै नेतृत्व विकास गर्ने र कर्मचारीबीचको आपसी सम्बन्धलाई थप सुदृढ, आत्मीय तथा प्रभावकारी बनाउने विषयमा छलफल केन्द्रित भएको बैंकले जनाएको छ। कार्यक्रमले संस्थाभित्रको आपसी समन्वय, सहकार्य र नेतृत्व क्षमताको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। मधेश प्रदेशका आठवटै जिल्लामा बैंकका २९ शाखा कार्यालय सञ्चालनमा रहेका छन्।
बैंकले पछिल्लो समय आधुनिक तथा प्रविधिमैत्री बैंकिङ सेवालाई प्राथमिकता दिँदै विभिन्न नयाँ सेवा तथा सुविधासमेत सञ्चालनमा ल्याएको छ। विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर २०२४ र २०२५’ अवार्ड प्राप्त गर्न सफल बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ।
त्यसैगरी नवयुवालाई लक्षित गरी ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ। फ्रिलान्सरहरूलाई लक्षित गर्दै विशेष बचत खाता ‘फ्रिलान्सर सेविङ्स अकाउन्ट’ समेत सुरु गरेको बैंकले जनाएको छ।
बैंकले नेपालमै पहिलोपटक मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन तथा सीआरएन नम्बरसम्बन्धी सेवा लिन सकिने सुविधा उपलब्ध गराएको छ। यसका अतिरिक्त अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखामा टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने क्रस बैंक टेलर सुविधा सञ्चालनमा ल्याएको छ।
हाल सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका ६१ जिल्लामा फैलिएका २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ८५ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकले वित्तीय सेवासँगै नेपाली संस्कृति, परम्परा र सामाजिक सम्बन्धलाई जोड्ने कार्यक्रममार्फत संस्थागत सम्बन्ध र कर्मचारीबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।









प्रतिक्रिया दिनुहोस्