कृषक समुहले सञ्चालनमा लाए पशु फर्म



कोेहलपुर,३० पुस/  खजुरा गाउँपालिका ६ गिजरामा रहेको चाँदनी पशुपालन कृषक समुहले पशु फर्म सञ्चालनमा ल्याएको छ ।

पशु फर्मको एक कार्यक्रमका बीच शनिबार प्रतिनिधिसभा सदस्य ईस्तियाक राई, प्रदेश सभा सदस्य आइपी खरेल र पुर्व राज्यमन्त्री दलबहादुर सुनारले सयुक्त रुपमा उद्घाटन गरेका छन् ।

प्रतिनिधिसभा सदस्य राईले स्थानीय स्तरमा व्यवसायीक रुपमा खुल्ने पशु तथा कृषि फर्मले रोजगारी दिनुका साथै अन्य देशबाट हुने आपुर्ति समेत कम गर्न सहयोग पु¥याउने बताएका छन् ।

चाँदनी पशुपालन कृषक समुहकी अध्यक्ष रिना कुमारी थारुले स्थानीय स्तरमा नै रोजगारीमा आत्मनिर्भर हुने उद्वेश्यमा साथ पशु फर्म सुरु गरिएको जानकारी दिइन् । विषेश गरेर फर्ममा हिलाहरुलाई रोजगारी दिइने छ, अध्यक्ष थारुले भने ।

स्थानीय स्तरमा नै रोजगारी पाएपछि महिलाहरुलाई आत्मनिर्भर हुने बाटो खुल्नेछ । समुहका संरक्षक गरिवे शेषले मासु उत्पादनका लागि पशु फर्म सुरु गरिएको जानकारी दिए ।

यहाँका कुखुरा, खसीबाख्रा र भैसीलाई मासुका लागि तयार भएपछि देशका विभिन्न भागहरुमा मासुका लागि विक्री वितरण गरिने उनको भनाई छ । अहिले फर्ममा खसीबाख्रा, भैसी, कुखुरा पालिएको छ । उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, स्थानीयवासी लगायतको उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस ३० गते आइतबार